पहिलो नेपाली रकेटको परीक्षण असफल, हावामा उडेको करिब १५ सेकेण्डमै तल झर्यो

  • Technology Khabar | ७ चैत्र २०७७, शनिबार
पहिलो नेपाली रकेटको परीक्षण असफल, हावामा उडेको करिब १५ सेकेण्डमै तल झर्यो

काठमाडौं ।

नेपालमा पहिलो पटक युवाहरुले तयार पारेको रकेटको शनिवार असफल परीक्षण भएको छ।

नियर स्पेसले नेपाली सेनासँगको सहकार्यमा सिन्धुलीको भिमानमा शनिबार रकेट प्रक्षेपणको पहिलो परीक्षण असफल भएको हो।

सेनासँगको सहकार्यमा गरिएको आरम्भ वान रकेटको परीक्षणमा सो रकेट केहि मिटर माथिसम्म मात्र उडेको एक प्रत्यक्षदर्शीले बताए।

‘हामीले हेर्दा यो गाउँघरमा रकेट पटाका पड्काए जस्तै भएको थियो,’ ती प्रत्यक्षदर्शीले भने ।

यसअघि नियर स्पेसको रकेट आठ हजार २०२ फिट माथिसम्म पुर्‍याइने बताइएको थियो। तर परीक्षणको क्रममा करिब १५ सेकेण्डसम्म मात्र माथि उडेको थियो र पुन तल झरेको थियो ।

यसअघि नियर स्पेस टिमले पत्रकार सम्मेलनको क्रममा सन् २०२४ सम्म ११० किलोमिटर माथि आकासमा रकेट पुर्‍याउने योजनाका साथ काम गरिरहेको बताएका थिए ।

सो क्रममा सोहि टिमले ड्रोन परीक्षण समेत भएको थियो ।

हालको रकेटको अनुभवबाट फेरी थप सुधार गर्दै नयाँ परीक्षण गर्ने बताईएको छ ।

प्रकाशित: ७ चैत्र २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार