बजाजको नयाँ शोरुम अब फिदिममा

  • Technology Khabar | ३ चैत्र २०७७, मंगलवार

काठमाडौं ।

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले फिदिममा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम समृद्धि एण्ड ब्रदर्स प्रा. लिको उद्घाटन गरेको छ।

नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वाशीलो अटो मोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले फिदिममा पनि शोरुम संचालनमा ल्याएको छ ।

यस उद्देश्यलाई सार्थक बनाउन समृद्धि एण्ड ब्रदर्स प्रा. लि फिदिमका प्रोपराइटर संजिव जोशीलाई डिलरसीप प्रदान गरिएको छ ।

बजाज ग्राहकहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीले जनाएको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै कम्पनीका जनरल म्यानेजर योगेन गुरुङले भने, “हामी फिदिममा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । फिदिममा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।”

प्रकाशित: ३ चैत्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार