बिटक्वाइन लगायतका क्रिप्टोकरेन्सी माथि प्रतिबन्ध लगाउने ऐन ल्याउँदै भारत

  • Technology Khabar | ३ चैत्र २०७७, मंगलवार
बिटक्वाइन लगायतका क्रिप्टोकरेन्सी माथि प्रतिबन्ध लगाउने ऐन ल्याउँदै भारत

काठमाडौं ।

भारतले बिटक्वाइनलगायतका क्रिप्टोकरेन्सी माथि प्रतिबन्ध लगाउने भएको छ।

एक उच्च सरकारी अधिकारीका अनुसार भारतले क्रिप्टो करेन्सीमाथि प्रतिबन्ध लगाउने ऐन नै ल्याउने भएको हो। यस अन्तर्गत भारतमा रहेका जोसुकैले यस्ता मुद्रा राखेमा वा व्यापार गरेमा कानूनी कारबाही हुनेछ।

यसबाहेक क्रिप्टोकरेन्सी राख्ने, जारी गर्ने, माइनिङ गर्ने,  व्यवसाय गर्ने तथा ओसारपसार गर्ने सबै कार्य आपराधिका क्रियाकलाप अन्तर्गत रहने र यस्ता कार्य गर्ने सबै दण्डको भागीदार हुनेछन्।

यस क्षेत्रका व्यवसायीहरुलाई मर्का नपरोस् भन्ने उद्देश्यले यो विधेयक पारित भएको ६ महिनासम्म कारोबार गर्न पाइने र त्यसपछाडि भने ऐन अनुसार कारबाही हुने नीति पनि ल्याउने बुझिएको छ।

यदि यो प्रतिबन्ध कानूनमा परिणत भयो भने भारत क्रिप्टोकरेन्सीलाई आपराधिका गतिविधिको संज्ञा दिने र वैधानिक रुपले प्रतिबन्ध लगाउने पहिलो राष्ट्र हुनेछ। भारतको केन्द्रीय बैक रिजर्भ बैंक अफ इन्डियाले पनि क्रिप्टोकरेन्सी देशमा आर्थिक स्थायित्वमाथि सम्भावित खतारा ल्याउने वस्तुका रुपमा हेर्ने गरेको छ।

प्रकाशित: ३ चैत्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...