अब देशभरका सबै स्थानीय निकायहरुमा गुगल प्लस कोडको प्रयोग

  • Technology Khabar | ३ चैत्र २०७७, मंगलवार
अब देशभरका सबै स्थानीय निकायहरुमा गुगल प्लस कोडको प्रयोग

काठमाडौं ।

सहज पत्रचार र सम्पर्कका लागि अब देशभरका स्थानीय निकायहरुले गुगल प्लस कोड प्रयोगमा ल्याउने भएका छन् ।

हालै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७ सय ५३ वटै स्थानीय निकायहरुलाई गुगल प्लस कोड प्रयोगमा ल्याउन निर्देशन दिएसँगै उनीहरुले त्यस्तो कोड सञ्चालनमा ल्याउने छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गुगल प्लस कोड प्रयोगको कार्यबिधि तयार पारेर लागू गरेको थियो भने मन्त्रालय मातहतको हुलाक सेवा विभागले हुलाक वस्तु वितरणका लागि गुगल प्लस कोड प्रयोगमा ल्याएको छ।

मन्त्रालयले गोश्वारा हुलाक कार्यालयको योजना र पहलमा नै गुगल प्लस कोड प्रयोग कार्यबिधि तयार पारेर लागु गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय निकायहरुलाई गुगल प्लसकोड प्रयोगमा ल्याउन निर्देशन दिएको गोश्वारा हुलाक कार्यालयलाई समेत जानकारी गराएको छ भने आफ्नो मन्त्रालयको कोड समेत उल्लेख गरेको छ।

गुगल प्लस कोडको आधारमा सटिकरुपमा हुलाक कार्यालयहरुले चिठीपत्रहरु सहि व्यक्ति र स्थानमा पुर्याउन सक्ने भन्दै सो कोडलाई प्रयोगमा ल्याईएको हो ।

गुगल प्लस कोड गुगल म्याप्समा आधारित रहेर सिर्जना गर्न र पहिचान गर्न सकिन्छ ।

गोश्वारा हुलाकले भने गुगल प्लस कोडको आधारमा सेवा उपलब्ध गराउन थालिसकेको जानकारी दिएको छ ।

यो पनि-

प्रविधिमैत्री हुँदै हुलाक कार्यालयका सेवाहरु, गुगल प्लस कोडमा आधारित रहेर सेवा उपलब्ध गराउँदै

प्रकाशित: ३ चैत्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...