
काठमाडौं ।
अनुमतिपत्र नलिई अनलाइन भुक्तानी प्लेटफर्म सञ्चालन नगर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ।
राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै अनुमति नै नलिई टपअप सेवा, युटिलिटिज अनलाइन भुक्तानी र प्रोटेक्ट पर्चेज सम्बन्धी भुक्तानी लगायतका कार्यहरु नगर्न निर्देशन दिएको छ।
अनुमतिपत्र नलिई केही अनलाइन पेमेन्ट प्लेटफर्महरुले भुक्तानी सेवा कार्य गरिरहेको सूचना आएको जानकारी पाईएको भन्दै राष्ट्र बैंकले त्यस्ता गतिविधि नगर्न चेतावनी दिएको छ।
राष्ट्र बैंकबाट अनुमतिपत्र नलिई भुक्तानी सम्बन्धी कार्य गराउनु/गैरकानूनी र दण्डनीय हुने भन्दै अनुमतिपत्रप्राप्त संस्थाहरु मार्फत् मात्र विद्युतीय भुक्तानी गर्न गराउन अनुरोध गरेको हो।
फागुनसम्म राष्ट्र बैंकबाट अनुमति लिएर भुक्तानी प्रणाली सञ्चालकको रुपमा १० वटा संस्थाहरु र २३ वटा भुक्तानी सेवा प्रदायकहरुले कारोबार गरिरहेका छन् ।
प्रकाशित: २ चैत्र २०७७, सोमबार