
काठमाडौं ।
टेस्ला इंकका प्रमुख एलन मस्कले आफैंलाई टेस्लाको राजाको रुपमा घोषणा गरेका छन्।
टेस्ला इंकले अर्बपति प्रमुख कार्यकारी अधिकृत (सिईओ) एलन मस्कको औपचारिक पदको सूचीमा सोमबार “टेक्नोकिङ्ग अफ टेस्ला (“Technoking of Tesla”)” थप गरेको छ । औपचारिकरुपमा नियामक यूएस सेक्यूरिटी एण्ड एक्सचेन्जमा गरेको फाइलिङमा फाइनान्स प्रमुख जाचरी किर्खोर्नलाई “मास्टर अफ क्वाइन” पनि भनिएको छ।
इलेक्ट्रिक कार निर्माताले नयाँ टाइटलका कारणहरूको बारेमा विस्तृत वर्णन गरेन्। साथै मोटर वाहनका अध्यक्ष जेरोम गुइलन मार्च ११ देखि टेस्ला हेभी ट्रकिंङ्गका लागि राष्ट्रपतिको भूमिकामा सरेको पनि बताइएको छ।
पछिल्लो महिना, टेस्लाले बिटक्वाइनमा १.५ अर्ब डलर लगानी गरेको खुलासा गरेको छ र चाँडै नै यसलाई कारको भुक्तानीको रूपमा स्वीकार्ने छ, जसले गर्दा विश्वको सबैभन्दा लोकप्रिय क्रिप्टोकरन्सीको मूल्य बढाएको छ। एजेन्सीका साथ
यो पनि हेर्नुस्-
एलन मस्कको ट्वीटले बजारमा घाटा लागेको भन्दै टेस्लाका शेयरधनीद्धारा मुद्धा दायर
प्रकाशित: २ चैत्र २०७७, सोमबार