चिनियाँ ब्याट्री निर्माताहरूले सामग्री लागत बढेपनि मूल्य नबढाउने

  • Technology Khabar | २ चैत्र २०७७, सोमबार
चिनियाँ ब्याट्री निर्माताहरूले सामग्री लागत बढेपनि मूल्य नबढाउने

काठमाडौं ।

चीनमा आधारित एलएफपी र टेर्नरी (LFP and ternary) ब्याट्री निर्माताहरूले बढ्दो सामग्री लागतको बावजुद उत्पादन मूल्य स्थिर राखेका चिनियाँ मिडिया रिपोर्टमा उल्लेख छ।

रिपोर्टले बताएअनुसार धेरै सामग्रीहरूको लागत तीव्र रूपमा वृद्धि भइरहेको छ । मूल्य बढेका सामग्रीहरुमा लिथियम कार्बोनेट ८० प्रतिशत, प्रिकर्सर्स ६० प्रतिशत, कोबाल्ट ४० प्रतिशत, लिथियम आईरन फस्फेट २० प्रतिसत र इलेक्ट्रोलाइटिक सलुसन  तीन गुणाले बढेको र कपर फोइल २० प्रतिशतले वृद्धि भएको छ।

टेस्लाले चीनमा उत्पादन गरिएको मोडेल३ का लागि एलएफपी ब्याट्री प्याकको प्रयोगले सम्भवतः अन्य ईभी विक्रेताहरूलाई पनि सो ब्याट्री प्रविधिको पालना गर्न प्रेरित गर्दछ।

‘व्यापारका अवसरहरू गुम्न नदिन चिनियाँ एलएफपी ब्याट्री निर्माताहरूले, मागको सम्भावित वृद्धिलाई ध्यान दिएर, वर्तमान अवसरमा मूल्य कायम गर्न इच्छुक छन्,’ रिपोर्टहरूले भने।

रिपोर्टहरूकाअनुसार एलएफपी ब्याट्री निर्मातासँग प्रतिस्पर्धा गर्न, चिनियाँ टेर्नरी ब्याट्री निर्माताहरूले कोटेसन बढाउनबाट रोकेका छन्।

प्रकाशित: २ चैत्र २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...