कतार एयरवेजले शुरु गर्यो ‘डिजिटल पासपोर्ट’ मोबाइल एपको परीक्षण

  • Technology Khabar | १ चैत्र २०७७, आईतवार
कतार एयरवेजले शुरु गर्यो ‘डिजिटल पासपोर्ट’ मोबाइल एपको परीक्षण

काठमाडौं ।

कतार एयरवेज ‘डिजिटल पासपोर्ट’ मोबाइल एप परीक्षण गर्ने  मध्यपूर्वी देशको पहिलो एयरलाइन्स बनेको छ।

अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए), कतार जनस्वास्थ्य मन्त्रालय, प्राथमिक स्वास्थ्य सेवा निगम तथा हमाद चिकित्सा निगमको सहकार्यमा यही मार्च ११ देखि मध्यपूर्वी एसियामा अत्याधुनिक आईएटीए ट्राभल पास ‘डिजिटल पासपोर्ट’ मोबाइल एप परीक्षण गरिएको हो ।

एयरलाइनको दोहादेखि इस्तानबुलसम्मको उडानका यात्रुहरु उक्त ‘डिजिटल पासपोर्ट’ एप अनुभव गर्ने पहिलो समूह हुनेछन् ।

यस सेवा मार्फत प्रत्यक्ष सम्पर्क बिना सुरक्षित तथा सुचारु यात्रा अनुभव यात्रुहरुलाई प्रदान गर्ने एयरलाइनको लक्ष्य रहेको छ ।

‘सुरक्षा, नवीनता र ग्राहक अनुभवका लागि विश्वको अग्रणी एयरलाइन्स भएको नाताले हामी यात्रुहरूलाई सुरक्षित र निर्बाध जटिल र सदा परिवर्तनको लागि सहयोग पुर्‍याउन डिजिटल समाधान ल्याउने उद्योगका दृढ समर्थक हौं,’कतार एयरवेज समूहका प्रमुख कार्यकारी अकबर अल बेकरले भने।

प्रकाशित: १ चैत्र २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार