काठमाडौं ।
क्रिप्टोकरेन्सी बिटक्वाइन पहिलो पटक ६०,००० अमेरिकी डलर माथि पुगेको छ, यसले आफ्नो रेकर्ड ब्रेकिङ्ग रनलाई निरन्तरता दिइरहेको छ।
गएको बर्षको अन्त्यदेखि मूल्यमा तिनगुणा भन्दा बढि रहेको बिटक्वाइन लाई चर्चित कम्पनीहरुले भुक्तानीको विधिका रूपमा अपनाई रहेका छन्।
तर केही विश्लेषकहरूले यो पछिल्लो वृद्धि यस हप्ता अनुमोदित ठूलो अमेरिकी प्रोत्साहन प्याकेजको कारण हिस्सामा आएको मानेका छन्।
पछिल्लो महिना बिटक्वाइनको कुल बजार मूल्य १० खर्ब डलर पार भएको थियो।
यद्यपि बिटक्वाइनसँग मूल्य ह्वात्तै माथि जाने र एकैपटक तल झर्ने ट्र्याक रेकर्ड छ र २००९ मा निर्माण भएदेखि यता धेरै पटक गिरावट आएको छ।
गत फेब्रुअरीमा एलन मस्कले आफ्नो कम्पनीमा बिटक्वाइनमार्फत भुक्तानी गर्न सकिने सुबिधा ल्याएको बताएका थिए भने उनले १.५ अर्ब डलर बराबरको बिटक्वाइन किनेको जानकारी दिएका थिए । एजेन्सीका साथ
प्रकाशित: १ चैत्र २०७७, आईतवार