Technology Khabar २८ फाल्गुन २०७७, शुक्रबार
काठमाडौं ।
जनकपुरको जानकी मन्दिरमा अब मोबाइलबाटै भेटी चढाउन सकिने भएको छ । एभरेष्ट बैंकले क्युआर कोडबाट सम्पर्करहित भेटी चढाउने व्यवस्था गरेसँगै उक्त सेवा पाइने भएको हो ।
बैंकका नायव महाप्रबन्धक डा. सन्धिर कुमार र जानकी मन्दिर, जनकपुरका महन्त राम तपेश्वर दासले संयुक्त रुपमा यस नयाँ सेवाको उद्घाटन गरेका छन् ।
नयाँ सेवाको प्रयोगले भक्तजनहरुले सजिलै क्युआर कोड प्रयोग गरी भेटी चढाउन सकिने र सो भेटी वास्तविक समयमा नै जानकी मन्दिरको जनकपुर शाखामा रहेको खातामा जम्मा हुने बैंकका नायव महाप्रबन्धक कुमारले जानकारी गराए ।
उद्घाटन समारोहमा पुष्पराज उप्रेती, एभरेष्ट बैंकका मार्केटिङ्ग प्रमुखका साथै अन्य स्थानीय तहका अधिकारीको पनि उपस्थिति रहेको बैंकले जनाएको छ ।
प्रकाशित: २८ फाल्गुन २०७७, शुक्रबार