फोल्डेबल फोन ल्याउँदै ओप्पो, जुनभित्र बजारमा आइसक्ने

  • Technology Khabar | २८ फाल्गुन २०७७, शुक्रबार
फोल्डेबल फोन ल्याउँदै ओप्पो, जुनभित्र बजारमा आइसक्ने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी ओप्पोले फोल्डेबल फोन ल्याउने भएको छ।

चीनबाट आएको नयाँ जानकारीका अनुसार ओप्पोले यसलाई यो वर्षको दोस्रो त्रैमास अर्थात् अप्रिलदेखि जुन महिनासम्मा बजारमा ल्याइसक्ने अपेक्षा गरिएको छ।

तर यो फान ओप्पो एक्स २०२१ कन्सेप्टको नभइ पट्याउन मिल्ने मात्र हुनेछ।

ओप्पो सँगसँगै शाओमी, भिभो तथा गुगलले समेत यस वर्ष फोल्डेबल फोन ल्याउन सक्ने हल्ला चलिरहेको छ। तर ओप्पो बाहेक अरु कम्पनीले कस्तो र कहिलेसम्म आफ्ना उत्पादन बजारमा ल्याउँछन् भन्ने यकिन छैन।

ह्वावेले पनि २०२१ मा मेट एक्स२ का रुपमा फोल्डेबल फोन ल्याउने घोषणा गरिरकेको छ। त्यस्तै सामसङले पनि ग्यालेक्सी जेड फोल्ड ३ र जेड् फ्लिप३ यसै वर्षको तेस्रो चोमासिकसम्म सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

 

प्रकाशित: २८ फाल्गुन २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार