प्रतिस्पर्धा विरोधी आरोपको मुद्धा खारेज गर्न फेसबुकको न्यायाधीशसँग माग

  • Technology Khabar | २८ फाल्गुन २०७७, शुक्रबार
प्रतिस्पर्धा विरोधी आरोपको मुद्धा खारेज गर्न फेसबुकको न्यायाधीशसँग माग

काठमाडौं ।

सोशल मिडिया कम्पनी फेसबुकले अमेरिकी न्यायाधीशलाई कम्पनीमाथि लगाइएको एन्टी ट्रस्ट अर्थात प्रतिस्पर्धा विरोधी आरोप खारेज गर्न आग्रह गरेको छ।

फेडरल ट्रेड कमिशन (एफटीसी) र ४५ अन्य राज्यले फेसबुकका विरुद्धमा गएको डिसेम्बरमा प्रतिस्पर्धी विरोधी व्यवहारको आरोप लगाएको थियो ।

सो मुद्दामा कम्पनीलाई टुक्र्याउनका लागि अनुरोध गरिएको छ, जोसँग इन्स्टाग्राम र ह्वाट्सएपको स्वामित्व पनि छ।

बुधवार, फेसबुकले उजूरीलाई ‘मूर्खतापूर्ण’ भन्यो र न्यायाधीशलाई मुद्दा खारेज गर्न भन्यो।

एक विज्ञप्तिमा, फेसबुकले भन्यो ‘ यो मुद्धाले ‘गतिशील, गहन प्रतिस्पर्धी उच्च प्रविधि उद्योगको वास्तविकतालाई बेवास्ता गर्दछ जहाँ फेसबुक सञ्चालन हुन्छ।’

एफटीसीसँग त्यसबारेमा प्रतिक्रिया दिनका लागि ७ अप्रिल सम्म समय छ।

सन् २०१२ मा फेसबुकले १ अर्ब डलरमा इन्स्टाग्राम र सन् २०१४ मा ह्वाट्सएपलाई १९ अर्ब डलरमा खरिद गरेको थियो । जसलाई एफटीसीले  ‘यसको एकाधिकारलाई हटाउन खतरा’ भएको बताएको थियो।

२०१९ मा यो खुलासा भएको थियो कि फेसबुकले दशकको सबैभन्दा डाउनलोड गरिएका चार एपहरू फेसबुक, फेसबुक मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्रामलाई स्वामित्वमा राखेको थियो।

यद्यपि एफटीसीको सामाजिक नेटवर्क कम्पनीलाई  टुक्र्याउने अनुरोध गरेर धेरैलाई चकित पार्यो, जुन यदि यो हुने हो भने बिग टेकको बिरूद्ध एक महत्वपूर्ण निर्णय हुनेछ।

यसका साथै एफटीसीले १ करोड भन्दा माथिको कुनै नयाँ कम्पनी खरिद गर्दा फेसबुकले सूचित गर्नुपर्ने बताएको छ।

फेसबुकले मुद्धा विरुद्धको अपिलमा भनेको छ ‘मुद्दाहरु सोशल मिडिया जायन्ट एक एकाधिकार, प्रतिस्पर्धी विरोधी हो वा कानूनको उल्लंघन गरेको दाबीहरुलाई समर्थन गर्न असफल हुन्छ।’

न्यू योर्कको अटर्नी जनरल लेटिया जेम्सले प्रतिक्रिया व्यक्त गर्दै भनिन कि फेसबुक ‘कानूनमा गलत छ र हाम्रो गुनासोमा गलत छ।’

उनले आफ्नो मुद्धामा विश्वस्त भएको हुँदा यसैले देशका प्रायः सबै राज्यहरूले फेसबुकको अवैध आचरण अन्त्य गर्न द्विपक्षीय मुद्दामा सामेल भएका बताईन् । एजेन्सीका साथ

प्रकाशित: २८ फाल्गुन २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार