नोकियाले सामसङसँग पेटेन्ट लाइसेन्सको सम्झौता गर्यो

  • Technology Khabar | २७ फाल्गुन २०७७, बिहीबार
नोकियाले सामसङसँग पेटेन्ट लाइसेन्सको सम्झौता गर्यो

काठमाडौं ।

नोकियाले सामसङसँग पेटेन्टहरू लाईसेन्सको लागि सम्झौता गरेको छ जसमा भिडियो मापदण्डमा गरिएको आविष्कार बारेको पेटेन्टहरु समेत समावेश रहेको छ।

फिनिश टेलिकम कम्पनीले सो सम्झौता बारेमा बिहीबार जानकारी दिएको छ।

कम्पनीहरूले सम्झौताको वित्तीय सर्तहरू खुलासा गरेका छैनन् । यसमा सामसङले नोकियालाई रोयल्टी भुक्तान गर्नेछ।

नोकियाको पेटेन्ट पोर्टफोलियो करिब २०,००० पेटन्ट परिवारहरु मिलेर बनेको छ, जसमा ३५ सय भन्दा बढि फाइभजीको आवश्यक घोषणा गरीएको छ।

प्रतिद्वंद्वी एरिक्सनले रोयल्टी भुक्तानी र पेटेन्ट इजाजतपत्रको विवादमा सामसङको बिरूद्ध संयुक्त राज्य अमेरिकामा मुद्दा दायर गरेको केही महिना यो समहति भएको हो।

अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगले गत महिना एरिक्सनले फोरजी र आउँदो जेनरेशन फाइभजी वायरलेस सेलुलर संचार संरचना पूर्वाधार प्रणालीमा सामसङले आफ्नो पेटन्टको केही उल्लंघन गरेको दाबी गरेपछि अनुसन्धान शुरु गर्ने बताएको छ।

यो सम्झौता सन् २०१६ पछि भएको हो। नोकियाले यस्तै सम्झौता अन्य मोबाइल फोन कम्पनीसँग समेत गरेको छ ।

प्रकाशित: २७ फाल्गुन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • २७ फाल्गुन २०७७, बिहीबार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • २७ फाल्गुन २०७७, बिहीबार

NOC from Nagarik App

  • २७ फाल्गुन २०७७, बिहीबार

E-pension verification system launched

  • २७ फाल्गुन २०७७, बिहीबार