अष्ट्रेलियाका सार्वजनिक सेवा एजेन्सीहरुमा सूचना प्रविधि कर्मचारीहरुको अभाव

  • Technology Khabar | २७ फाल्गुन २०७७, बिहीबार

काठमाडौं ।

अष्ट्रेलियाका करिब ७२ प्रतिशत सार्वजनिक सेवा एजेन्सीहरूले आफ्नो विभाग भित्रै सीपको अभावबाट ग्रस्त भएको पहिचान गरेका छन् । हालै अष्ट्रेलियाली सार्वजनिक सेवा (एपीएस) आयोगले पत्ता लगाएअनुसार उनीहरूले डाटा, डिजिटल र आईटी शीर्ष तीन क्षेत्रहरुका रूपमा सूचीबद्ध क्षेत्रमा कामदारको अभाव भएको अनुभव गरेका हुन् ।

एपीएसको वर्तमान क्षमताको बारेमा सार्वजनिक सुनुवाइमा राखिएका कागजातहरुमा यो कुरा पत्ता लागेको हो । एजेन्सीहरूको ७० प्रतिशत सीपको अभाव भएको डाटा सबैभन्दा बढी रिपोर्ट गरिएको थियो, त्यसपछि डिजिटल ५४ प्रतिशत, र आईटीमा ४० प्रतिशत कामदार अभाव रहेको देखिएको जेडिनेटले उल्लेख गरेको छ।

सो डकुमेन्टको अन्तर्दृष्टिले देखाउँदछ कि एपीएस एजेन्सीहरू भित्र हालको कार्यहरूमध्ये जसमा सबभन्दा ठूलो वृद्धिको अनुभव हुने अनुमान गरिएको छ त्यो क्षेत्रहरुमा इन्टेलिजेन्स र नीति विश्लेषकहरू, ज्ञान प्रबन्धकहरू, डाटा प्रबन्धकहरू, र डाटा विश्लेषकहरू, सफ्टवेयर र एप विकासकर्ताहरू, आईटी हेल्पडेस्क सपोर्ट र आईटी परीक्षण रहेका छन् ।

एपीएस एजेन्सीहरू भित्र आईटी सीपहरूको बढ्दो मागको बाबजुद अस्ट्रेलियाको रोजगार बजारको वार्षिक मासिक समीक्षाले देखाएअनुसार महामारी पछि आईटी क्षेत्र अझै सुस्त क्षेत्रहरू मध्ये एक रहेको छ ।

रिपोर्टले २०२० को तुलनामा जनवरी २०२१ मा नयाँ आईटी रोजगारमा २२ प्रतिशत गिरावट आएको देखायो। यद्यपि विज्ञापन गरिएको ती रोजगारहरूमा प्रोग्रामहरू तथा डेभलपरहरू, व्यवसाय र प्रणाली विश्लेषकहरू, सफ्टवेयर ईन्जिनियरहरू, हेल्प डेस्क र आईटी सपोर्ट, तथा कार्यक्रम र परियोजना प्रबन्धकहरू समावेश थिए।

प्रकाशित: २७ फाल्गुन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया