
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुको गुनासो सम्बोधन गर्नका लागि छलफल गर्न बोलाएको छ।
प्राधिकरणले ब्याण्डविथ स्वीकृतिको बारेमा इन्टरनेट सेवा प्रदायकहरुको गुनासो सम्बोधन गर्न र सहजीकरण कसरी गर्न सकिन्छ भन्ने बारेमा छलफल गर्न बोलाएको हो ।
यसअघि इन्टरनेट सेवा प्रदायकहरुको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले ब्याण्डविथ स्वीकृतिको लागि प्राधिकरणले सहजीकरण नगरेको र झुलाउने गरेको भन्दै गुनासो गरेको थियो ।
त्यसबेला आइस्पानले प्राधिकरणका साथै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा समेत इन्टरनेट सेवा प्रदायकहरुको कार्य र विभिन्न किसिमका स्वीकृतिहरु दिने कार्यमा सहजीकरण गरिदिन भन्दै निवेदन दिएको थियो ।
दूरसञ्चार प्राधिकरणले ब्याण्डविथ स्वीकृति गर्न ‘झुलाउने’ गरेको आइस्पानको आरोप
हाल सोहि बारेमा छलफल गर्न प्राधिकरणले बोलाएको आइस्पानका अध्यक्ष सुधिर पराजुलीले जानकारी दिए ।
‘हामीलाई शुक्रबार छलफलको लागि प्राधिकरणले बोलाएको छ। मिटिङ्गमा सबै विषयमा कुराकानी हुनेछ,’ उनले भने ।
यो पनि हेर्नुस्-
फिक्स्ड ब्रोडब्याण्डको शुल्क सस्तिँदै, आयको तुलनामा २ प्रतिशतमुनि झार्ने लक्ष्यमा नेपाल सफल
प्रकाशित: २६ फाल्गुन २०७७, बुधबार