
काठमाडौं ।
मेसेजिङ्ग एप भाइबरमार्फत ठगी गरेर फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । ठगी मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका १५ बस्ने २५ वर्षीय बिशाल कुमार रायलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत मोरङको २०७५ असार १० गतेको फैसलाले ठगी मुद्दामा १ लाख ५२ हजार रुपैयाँ जरिवाना र ३ महिना कैद तोकिएकोमा फरार रहेका बिशाललाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगर महानगरपालिका १५ स्थित ढाटबाट पक्राउ गरेको हो ।
बिशालले २०७४ असोज ४ गते पीडितलाई ५० लाख रुपैयाँ र बिएमडिडब्लु कार समेत पुरस्कार परेको भनि पटक पटक गरी ४ लाख ८ हजार रुपैयाँ पठाउनु भनी भाईबर मार्फत ठगी गरी फरार रहेका थिए ।
बिशाललाई जिल्ला अदालत मोरङमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रकाशित: २६ फाल्गुन २०७७, बुधबार