वन प्लस ब्याण्डले अब गुगल फिट सपोर्ट गर्ने

  • Technology Khabar | २६ फाल्गुन २०७७, बुधबार

काठमाडौं ।

वन प्लस ब्याण्डमा रहेको डाटा अब गुगल फिट एपमा सिंक्रोनाइज हुने भएको छ। वन प्लस ब्याण्ड वन प्लस ब्राण्डको पहिलो फिटनेस ट्र्याकर हो।

यो ब्याण्ड भारतमा जनवरीमा आउने घोषणा गरिएको थियो। सार्वजनिक भएको २ महिनापछि नै यो ब्याण्डमा गुगल फिट सपोर्ट गर्ने अपडेट आउन लागेको हो।

यो ब्याण्ड वन प्लस हेल्थ एपमार्फत् एण्ड्रोइड फोनसँग कनेक्ट हुन्छ। ब्याण्ड सार्वजनिक भएको बेला वन प्लस हेल्थ एपमा तेस्रो पक्षको एपसँग सिंक्रोनाइज हुने सुविधा उपलब्ध थिएन। तर हाल आएर यो सुविधा थपिने भएको हो।

वन प्लस हेल्थको १.३.२ भर्जन रिलिज भएपछि वनप्लस ब्याण्डका प्रयोगकर्ताले आफ्ना डाटा गुगल फिटमा सिंक गर्न सक्ने भएका हुन्। यसका लागि एपमा एउटा ‘लिंक विथ गुगल फिट’ नामकै अप्शन दिइएको छ। यसैका माध्यमबाट गुगल फिटमा सिंक गर्न सकिनेछ।

 

प्रकाशित: २६ फाल्गुन २०७७, बुधबार

तपाइको प्रतिक्रिया