त्रिविले खुलायो चार वर्षे बीआईटीमा भर्ना, यसरी दिनुहोस् आवेदन

  • Technology Khabar | २६ फाल्गुन २०७७, बुधबार
त्रिविले खुलायो चार वर्षे बीआईटीमा भर्ना, यसरी दिनुहोस् आवेदन

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणाली अन्तर्गत स्नातक तहमा चार वर्षे ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी (बीआईटी) कार्यक्रममा भर्ना खुला गरेको छ।

विश्वविद्यालयले हालै १२ कक्षा पास गरेका विद्यार्थीहरुलाई लक्षित गरेर शैक्षिक सत्र २०७७ ७८ का लागि भर्ना खुलाएको हो।

यो कार्यक्रम त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका सबै आंगिक क्याम्पसहरुमा खुला भएकाले आफूलाई पायक पर्ने क्याम्पसका लागि आवेदन दिन सकिन्छ।

कसरी दिने आवेदन?

http://bit.tuiost.edu.np मा गएर त्यहाँ रहेको रजिस्ट्रेशन लिंकमार्फत अनलाइन आवेदन दिन सकिनेछ।

  • आवेदन खुला हुने मिति: २०७७ फागुन २५
  • आवेदनदिने अन्तिम मिति: २०७७ चैत्र १७ गते
  • दोब्बर दस्तुर तिरेर आवेदन बुझाउने अन्तिम मिति: २०७७ चैत्र २२ गते

आवेदन बुझाउने म्याद सकिएपछि प्रवेश परीक्षा हुनेछ। विश्वविद्यालयले प्रवेश परीक्षाको मिति २०७७ चैत्र २८ गते दिउँसो १२ वजेदेखि २ बजेसम्म हुने गरी तोकेको छ।

परीक्षा केन्द्र भने पछि तोकिने जनाइएको छ।

बीआईटीमा भर्नासम्बन्धी थप विवरण www.tuiost.edu.np मा गएर हेर्न सकिन्छ।

प्रकाशित: २६ फाल्गुन २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...