Technology Khabar २६ फाल्गुन २०७७, बुधबार
काठमाडौं ।
ह्वावेले आधिकारिक रूपमा ह्वावे वोमन डेभलपर्स प्रोग्राम (HWD) कार्यक्रम शुरू गरेको छ, जसको उद्देश्य महिला डेभलपर्सलाई विश्वव्यापी परिवर्तन गर्न सक्ने अनुप्रयोग र उपकरणहरू सिर्जना गर्न सशक्त बनाउनु हो । यस कार्यक्रमको उद्देश्य धेरै महिलालाई करीअर विकास र कौशल प्रशिक्षणका लागि अधिक अवसरहरू र प्लेटफर्महरू प्रदान गरेर टेक्निकल इनोवेशनमा सामेल हुन प्रोत्साहित गर्ने राखिएको छ ।
कार्यक्रममा सामेल हुन विश्वभरका कुनै पनि महिला डेभलपर्सले ह्वावे डेभलपर्स आधिकारिक वेबसाइटमा दर्ता गर्न सक्दछन्।
ह्वावेले घोषणामा भनेको छ, डिजिटल युगमा महिलाहरूलाई उनीहरूको शिक्षा र प्रशिक्षणमा पहुँच सुनिश्चित गर्न अझ बढी अवसर र समर्थन दिन आवश्यक छ, ता कि उनीहरू डिजिटल अर्थव्यवस्थामा साधारण रुपमा प्रतिस्पर्धी हुन सकुन् । महिलालाई यी सीपले सुसज्जित पार्नाले सामाजिक एकीकरण र समावेशी र विविधताले भरिएको समाजलाई बढावा दिन्छ ।
ह्वावेका वरिष्ठ उपाध्यक्ष चेन लिफांगले भने, “हामी विश्वास गर्दछौं कि महिलाहरूले टेक्नोलोजिकल इनोवेशनको नेतृत्व गर्नेछन् । हामी आशा गर्दछौं कि ह्वावे वोमन डेभलपर्स प्रोग्रामले महिलाहरूलाई उनीहरूको कला र विशेष भ्यालुको राम्रो उपयोग गर्न मद्दत पुर्याउनेछ, र उनीहरूलाई नेतृत्व क्षमता प्रदर्शन गर्ने अवसर दिनेछ । यसले हाम्रो संसारलाई राम्रो ठाउँ बनाउनेछ ।“
ह्वावे वोमन डेभलपर्स प्रोग्राम, लैंगिक समानता प्रवर्धन गर्ने आफ्नो प्रतिबद्धताको लागि ह्वावेले लिएको सबैभन्दा नयाँ पहल हो । कार्यक्रमले सहभागीलाई प्राविधिक नवीनता र करीअर विकास मार्गहरूको प्रशिक्षणका साथै विभिन्न क्षेत्रका अत्याधुनिक प्रविधिहरूमा विशेषज्ञहरूसँग भेट्ने अवसरहरू, र “ह्यन्ड्स अन” र परिस्थिती मा आधारित प्रयोग र अभ्यासमा सहभागी हुने अवसर प्रदान गर्दछ । ह्वावेले उक्त डेभलपर्स प्लेटफर्ममा महिला डेभलपर्सको लागि एक विशेष समुदाय सिर्जना गर्ने, र अनलाइन, अफलाइन इभेन्ट्सको श्रृंखला आयोजना गर्ने जनाएको छ ।
शाइनिंग–स्टार कार्यक्रमको माध्यमबाट, ह्वावेले महिला विकासकर्ताहरूलाई नवीनता र उद्यमशीलतालाई प्रोत्साहित गर्न विशेष प्रोत्साहन प्रदान गर्दछ । ठूला सम्भावनाको साथ उत्कृष्ट कार्यक्रमहरू विकास गर्ने यस कार्यक्रमका सहभागीहरूले भविष्यका अभियानहरूमा प्रस्तुत हुने अवसर पाउनेछन् र अन्य आधिकारिक ह्वावे कार्यक्रमहरूमा आमन्त्रित हुनेछन्।
आजसम्म, ह्वावेले आयरल्याण्ड, अर्जेन्टिना, बंगलादेश, केन्या, र दक्षिण अफ्रिका लगायत धेरै देशहरूमा महिलाहरूको लागि समान डिजिटल कौशल प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सुरू गरिसकेको छ । ह्वावेका अन्य आईसीटी प्रशिक्षण कार्यक्रम, जस्तै सिड्स फर द फ्युचर (Seeds for the future) मा ३० प्रतिशत भन्दा बढी प्रशिक्षार्थीहरू महिला छन् । ह्वावे वोमन डेभलपर्स प्रोग्राम अब विश्वभरका महिला विकासकर्ताहरूको लागि खुला छ । यस बारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
प्रकाशित: २६ फाल्गुन २०७७, बुधबार