डिशहोम गोमा अब ७० वटा च्यानल उपलब्ध

  • Technology Khabar | २५ फाल्गुन २०७७, मंगलवार
डिशहोम गोमा अब ७० वटा च्यानल उपलब्ध

काठमाडौं ।

डिशहोमले आफ्ना ग्राहकहरुलाई मोबाइलमै टेलिभिजन हेर्ने सुविधा डिशहोम गो (DishHome GO) सुरु गरे यता २० वटा च्यानल मात्र संचालन भईरहेकोमा, अव देखी डिशहोम गो प्रयोगकर्ताहरुले ७० वटा च्यानल हेर्न मिल्ने गरी सेवा थप गरेको छ।

यस संगै डिशहोम गो एपले भिडियो अन डिमाण्ड सेवा पनि सुरुगरेको छ, जसमा आफुले चाहेको समयमा अंग्रेजी, हिन्दी तथा नेपाली सिरिज, फिल्म, सर्टफिल्महरु हेर्न सक्नुहुनेछ।

कम्पनीले आफ्नो डीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई इन्टरनेटमार्फत मोबाइलमै टेलिभिजन हेर्न दिने गरी केही समय अघि नै डिशहोम गो मोबाइल एप ल्याएको थियो ।

डिशहोमले सेट टप बक्समा उपलब्ध टेलिभिजन च्यानलहरुलाई इन्टरनेटको ओटीटी प्रविधिमार्फत मोबाइलमा उपलब्ध गराएको हो । कम्पनीका अनुसार यो एप प्रयोगका लागि थप कुनै शुल्क लाग्ने छैन । डिशहोम प्रयोगकर्ताले डीटीएच कनेक्सनको कस्टमर आईडी प्रयोग गरि निःशुल्क रुपमा यो सेवा प्रयोग गर्न पाउने छन् ।

डिशहोमका प्रयोगकर्ताले एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र एप्पलका लागि एप स्टोरबाट डिशहोम गो ओटीटी एप डाउनलोड गरी यो सेवा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २५ फाल्गुन २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...