शाओमीको एमआई वाच लाइटमा थपियो अटो डीएनडीलगायतका फिचर

  • Technology Khabar | २५ फाल्गुन २०७७, मंगलवार
शाओमीको एमआई वाच लाइटमा थपियो अटो डीएनडीलगायतका फिचर

काठमाडौं ।

शाओमीले आफ्नो इन्ट्री लेभल स्मार्टवाच एमआई वाचमा फर्मवेयर अपडेटमार्फत केही उपयोगी फिचरहरु थप गरेको छ।

वनटेकको रिपोर्ट अनुसार शाओमी एमआई वाच लाइट शाओमी विअर एपमार्फत् ४.१.२० भर्जनमा अपडेट हुँदैछ। अपडेटपछि आउने परिवर्तनहरुमा केही नयाँ सेटिङ र अटोमेटिक फिचरहरु थपिएका जनाइएको छ।

  • प्रयोगकर्ता निदाएपछि आफैं ‘स्मार्ट डु नट डिस्टर्ब मोड’ मा जान्छ
  • भाइब्रेशन मोडहरु एडजस्ट गर्न नयाँ अप्शन दिइएको छ
  • नाडीको हलचल अनुसारको सम्वेदनशीलता थाहा पाउन नयाँ सेटिङको व्यवस्था
  • एन्ड्रोइड अपरेटिङ सिस्टममा फोन काट्ने बटन थपिएको
  • ब्लुटूथ कनेक्शन छुट्दा जानकारी दिन नोटिफिकेशनको व्यवस्था
  • बग फिक्स तथा सुधारिएको स्टेबिलिटी

एमआई वाच लाइटमा १.४ इन्चको ३२०x३२० रेजोल्युशन सहितको वर्गाकार डिस्प्ले रहेको छ। यसले जीपीए ट्रयाकिङ, स्लीप तथा वर्कआउट ट्र्याकिङका साथै नोटिफिकेशनहरु सपोर्ट गर्दछ।

यो स्मार्टवाचमा २३० एमएएचको ब्याट्री रहेको छ भने यसले ९ दिनसम्मको ब्याक अप दिन सक्छ।

यसमा हार्ट रेट मोनिटर पनि उपलब्ध छ।

यूरोपमा यसको मूल्य ५९ युरो तोकिएको छ।

प्रकाशित: २५ फाल्गुन २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार