आईसीटी विमन्स् कन्क्लेभ सम्पन्न

  • Technology Khabar | २५ फाल्गुन २०७७, मंगलवार
आईसीटी विमन्स् कन्क्लेभ सम्पन्न

काठमाडौं ।

१११ ‍औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा आईसीटी विमन्स् कन्क्लेभ सम्पन्न भएको छ।

वुमन इन टेक्नोलोजी (डब्ल्यूआईआईटी), गर्ल्स इन टेक नेपाल तथा साप नेपालको सहकार्यमा आयोजित उक्त कार्यक्रम अन्तर्राष्ट्रिय महिला दिवस २०२१ को थिम ‘चूज टु च्यालेन्ज’ अनुसार सम्पन्न भएको थियो।

करिब ६० जना महिलाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा डब्ल्यूआईआईटीकी अध्यक्ष गुणकेशरी प्रधानले विश्वभरीका महिलाले महामारीका बेला गरेको साहसिक र महत्वपूर्ण कार्यहरुका बारेमा प्रकाश पारेकी थिइन्।

उनले आईसीटी क्षेत्रमा रहेका युवा पिँढीलाई विभिन्न आईसीटी क्षेत्रका महिलाको अनुभव समेटिएको पुस्तक वा स्मारिकाका माध्यमबाट प्रोत्साहन मिल्ने अपेक्षा पनि गरिन्।

कार्यक्रममा विमन इन टेक्नोलोजी नामक प्रकाशनको अंक १ साप नेपालकी अध्यक्ष गीता भट्टराइले विमोचन गरेकी थिइन्।

विशेष अतिथि मेडसफ्ट नेपाल प्रालीकी सीईओ डा प्रणिता उपाध्यायले सूचना प्रविधि दक्षता अभिवृद्धि गरेर, महिलाहरुका लागि आफैं सिक्ने वातावरण सिर्जना गरेर साथै उनीहरुलाई विभिन्न क्लबमा आबद्ध गरेर डिजिटल लैंगिक खाडल (डिजिटल जेण्डर ग्याप) लाई कसरी कम गर्न सकिन्छ भन्नेबारेमा धारणा व्यक्त गरेकी थिइन्।

प्रकाशित: २५ फाल्गुन २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • २५ फाल्गुन २०७७, मंगलवार