नेपाल बैंक कर्मचारीको विज्ञापन आवेदन शुल्क खल्ती मोवाइल वालेटबाट भुक्तानी गर्न सकिने

  • Technology Khabar | २५ फाल्गुन २०७७, मंगलवार
नेपाल बैंक कर्मचारीको विज्ञापन आवेदन शुल्क खल्ती मोवाइल वालेटबाट भुक्तानी गर्न सकिने

काठमाडौं ।

नेपाल बैंकले विभिन्न पदका लागि माग गरेको आवेदन अनलाइन भरी त्यसको शुल्क अब खल्ती डिजिटल वालेट एपबाट भुक्तानी गर्न सकिने भएको छ ।

नेपाल बैंकले प्रकाशन गरेको विज्ञापनमा बैंकको वेवसाइटबाट अनलाईन आवेदन दिन सकिन्छ । अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनौट गर्नुपर्छ ।

खल्ती छनौट गरेपछि आफ्नो युजरनेम र पासवर्ड हालेर लगइन गरेपछि तोकिएको शुल्क भुक्तानी गर्न सकिन्छ । नेपाल बैंकले विभिन्न पदमा कर्मचारीका लागि आवेदन आह्वान गरेको छ ।

प्रकाशित: २५ फाल्गुन २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...