गेमिङ सिरिजका स्मार्टफोन ल्याउँदै नोकिया, पहिलो मोडेल जी१० छिट्टै आउने

  • Technology Khabar | २५ फाल्गुन २०७७, मंगलवार

काठमाडौं ।

नोकिया गेमिङ फोनको दुनियाँमा प्रवेश गर्ने भएको छ।

एचएमडी ग्लोबलले छिट्टै नै गेमिङका लागि जी सिरिजको पहिलो स्मार्टफोन ल्याउने भएको छ। यसको नाम नोकिया जी१० रहने बताइएको छ।

कम्पनीले जी१० लाई गेमिङ सिरिजका रुपमा अगाडि बढाउनेछ। बाहिर आएका जानकारीहरुका अनुसार एचएमडीले निकट भविष्यमै यो सिरिजका थुप्रै मोडलहरु सार्वजनिक गर्नेछ।

जी सिरिजको पहिलो मोडलका रुपमा रहेको जी१० स्पेसिफिकेशनका हिसाबले नोकिया ५.४ जस्तै हुने बुझिएको छ।

जी१० मा अक्टाकोर प्रोसेसर हुनेछ भने यसको डिस्प्ले ६.४ इन्चको रहनेछ। यसबाहेक यो मोडेलमा ४८ मेगिपक्सेलको मुख्यसहित पछाडिपट्टी क्वाड (चार वटा) क्यामरा सेट अप हुनेछ।

प्रकाशित: २५ फाल्गुन २०७७, मंगलवार

तपाइको प्रतिक्रिया