स्न्यापड्रागन ८८८ को कम क्षमता भएको भेरियन्ट ल्याउँदै क्वालकम

  • Technology Khabar | २४ फाल्गुन २०७७, सोमबार
स्न्यापड्रागन ८८८ को कम क्षमता भएको भेरियन्ट ल्याउँदै क्वालकम

काठमाडौं ।

क्वालकमले स्न्यापड्रागन ८८८ को कम क्षमता भएको भेरियन्ट सार्वजनिक गर्ने भएको छ।

जर्मन ब्लग विनफ्युचर डट डीई मा लेखक रोल्याण्ड क्वान्टले जनाए अनुसार क्वालकमले आफ्नो हालसम्मको सबैभन्दा शक्तिशाली फ्ल्यागशिप चिपसेट स्न्यापड्रागन ८८८ को कम शक्तिशाली भेरियन्टमा काम गरिरहेको छ।

उनका अनुसार स्न्यापड्रागन ८८८ मा ५जी इन्टिग्रेटेड मोडेम उपलब्ध छ भने यो कम शक्तिशाली भेरियन्टमा भने ५जी मोडेम रहने छैन।

८०० सिरिजको स्न्यापड्रागनमा ५जी मोडेम नहुनु अनाैठो सुनिए पनि कम्पनीले यो तरिकामा नयाँ चिपसेट ल्याउनुको उद्देश्य ५जी को सेवा उपलब्ध नभएका बजारलाई लक्षित गर्नु भन्ने आकलन गर्न सकिन्छ।

यसरी ५जी मोडेम नभएपछि स्मार्टफोन उत्पादकहरुले सस्तो दरमै ४जी फ्ल्यागशिप मोबाइल सेटहरु उपलब्ध गराउन सक्नेछन्।

यो प्रोसेसर कहिले सार्वजनिक हुन्छ भन्ने यकिन छैन। तर क्वालकमले अन्य दुई चिपसेटहरु स्न्यापड्रागन ७७५ र ७७५ जी निकट भविष्यमै सार्वजनिक गर्दैछ। त्यसैको छेको पारेर यो नयाँ चिपसेट पनि सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २४ फाल्गुन २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार