शाओमीको ५२ थान रेडमी नोट ९ स्मार्टफोन चोरी गर्ने चारजना मोबाइलसहित पक्राउ

  • Technology Khabar | २३ फाल्गुन २०७७, आईतवार
शाओमीको ५२ थान रेडमी नोट ९ स्मार्टफोन चोरी गर्ने चारजना मोबाइलसहित पक्राउ

काठमाडौं ।

नेपाल प्रहरीको अपराध महाशाखाले चोरीका मोबाइलहरु बिक्री बितरणमा संलग्न एक भारतीयसहित ३ नेपालीहरुलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य बेतिया जिल्ला र हाल ललितपुर प्रयागपोखरी बस्ने जहिर अन्सारी, हाल कपन बस्ने दिपेश श्रेष्ठ, चितवन घरभई हाल कपन बस्ने अमित राना मगर र असनका बिक्रम शाहीलाई रहेका छन्।

काठमाडौं कुपण्डोल स्थित ट्राकन कुरियर एण्ड कार्गो कम्पनीले ललितपुर सानेपा स्थित शाओमीको एमआई सोरुमसँग सम्झौता गरी डडेलधुरा स्थित उग्रतारा मार्केटिङको लागी भनी पठाउन लागेको शाओमी कम्पनीको रेडमी नोट ९ मोबाईल सेटहरु फागुन २ राती १स्५५ बजेको समयमा डल्लुबाट कालीमाटी हुँदै परोपकार जाने क्रममा परोपकार स्थित सडकखण्डमा चलिरहेको गाडीबाट चोरी गरेका थिए ।

उनीहरुले कार्टुन भित्र रहेको उक्त मोबाईल सेटहरु चोरी गरी चाबहिल स्थित मोबाईल पसल सञ्चालन गरी बस्ने अमित राना मगरसँग डिल गरी निज अमितले ललितपुर प्रयागपोखरी स्थित मोबाईल पसल सञ्चालन गरी बस्ने भारत घर भएका जहिर अन्सारीलाई भेटाई पाँच लाख पचास हजार रुपैयाँमा बिक्री गराएका थिए ।

सो कारोबार बारे बिशेष सुचनाको आधारमा अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त,जनसेवाको संयुक्त प्रहरी टोलीले निम्न व्यक्तिहरुलाई चोरी गरी लगेको रेडमी नोट ९ मोबाईल सेट ५२ थानसहित पक्राउ गरेको हो ।

उनीहरुलाई थप कानुनी कारबाहीको लागी महानगरीय प्रहरी वृत्त,जनसेवा पठाईएको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ फाल्गुन २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार