इसेवामा अनाधिकृत रुपमा पहुँच पुर्याई ठगी गर्ने व्यक्ति पक्राउ

  • Technology Khabar | २३ फाल्गुन २०७७, आईतवार
इसेवामा अनाधिकृत रुपमा पहुँच पुर्याई ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं ।

नेपाल प्रहरीले इसेवामा अनधिकृत पहुँच पुर्याई ठगी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको महानगरीय प्रहरी  महाशाखाले दाङ तुल्सिपुर उपमहानगरपालिका वडा नं ४ घर भई हाल चावाहिल बस्ने आशिष खड्कालाई पक्रउ गरेको हो ।

पिडितहरुको बारेमा पुर्ण जानकारी लिई भेटघाट गरी बिभिन्न बहाना बनाई निजहरुले चलाउँदै गरेका कम्प्यूटर, ल्यापटप, मोबाईल हेरी उक्त डिभाइसबाट गुगल एकाउन्टको पासवर्ड थाहा पाई पीडितहरुको इसेवा आईडी खोली नक्कली जिमेल एकाउन्ट सिर्जना गरी पीडितको इसेवा आईडीमा अनाधिकृत रुपमा पहुँच पुर्‍याउने गरेको प्रहरीले उल्लेख गरेको छ।

निजले अन्य व्यक्तिको नामको खाता लगायत इसेवा समेतमा रकम रकमान्तर गरी अनलाईन ठगी गरेको भन्ने व्यहोराको उजुरी सो महाशाखामा पर्नेकोमा उक्त घटनाको सम्बन्धमा अनुसन्धान गर्दै जाँदा अनलाईन ठगी कार्यमा संलग्न खड्कालाई फागुन २१ गते मध्यपुर ठिमि नगरपालिका वडा नं२ सानोठिमि भक्तपुरबाट पक्राउ गरीएको हो ।

खड्कालाई ठगी मुद्धामा आवश्यक कारवाहीको लागी आज महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाईएको जनाएको छ।

प्रकाशित: २३ फाल्गुन २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • २३ फाल्गुन २०७७, आईतवार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • २३ फाल्गुन २०७७, आईतवार

NOC from Nagarik App

  • २३ फाल्गुन २०७७, आईतवार

E-pension verification system launched

  • २३ फाल्गुन २०७७, आईतवार