ह्वाट्सएपमा मेसेज पढेर पनि ब्लु टिक नजाने कसरी बनाउने? यी तरिका अपनाउनुस्

  • Technology Khabar | २२ फाल्गुन २०७७, शनिबार
ह्वाट्सएपमा मेसेज पढेर पनि ब्लु टिक नजाने कसरी बनाउने? यी तरिका अपनाउनुस्

काठमाडौं ।

चर्चित इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्एपमा धेरै खालका टिप्स र ट्रिकहरु हुन्छन् जुन हामीलाई थाहा नहुन सक्छ। ह्वाट्सएपमा कसैको मेसेज पढिएको वा हेरिएको इंगित गर्न नीलो रंगको ठिक चिह्न (ब्लु टिक) नोटिफिकेशन आउँछ।

मेसेज हेरेको वा पढेको भन्ने जानकारी मेसेज पठाउन यो नोटिफिकेशन ल्याइएको हो। तर केही तरिका अपनाउने हो भने हामीले गोप्यरुपले मेसेज पढ्न पनि सक्छाैं र त्यसको कुनै जानकारी मेसेज पठाउनेलाई जाँदैन।

ब्लु टिक नजाने गरी मेसेज पढ्दा मेसेजमा लेखेको कुरा पनि थाहा पाइन्छ र पठाउनेलाई मेसेज पढिएको थाहा पनि हुँदैन।

ब्लु टिक नजाने गरी मेसेज कसरी पढ्ने त?

  • ह्वाट्एपमा मेसेज आएपछि सबैभन्दा पहिले फोनलाई फ्लाइट मोडमा राख्नुहोस्
  • त्यसपछि ह्वाट्एप मेसेज ओपन गरेर पढ्नुहोस्
  • मेसेज पढिसकेपछि फ्लाइट मोडलाई डिजेबल गर्नुहोस्
  • यति गरेपछि ह्वाट्एपलाई फोनको मल्टिटास्किङ बाट हटाउनुहोस्

यति ट्रिक अनुसरण गरेपछि तपाईँले ह्वाट्एपमा आएको मेसेज पढ्न पनि सक्नुहुन्छ र मेसेज पढिएको वा सीन गरिएको मेसेज पठाउनेलाई थाहा पनि हुँदैन।

प्रकाशित: २२ फाल्गुन २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • २२ फाल्गुन २०७७, शनिबार