
काठमाडौं ।
प्रभु बैंकले तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई संकलित भेटी तथा दक्षिणालाई डिजिटल प्रविधि मार्फत व्यवस्थापन गर्ने हेतुले क्यूआर कोड हस्तान्तर गरिएको छ।
फेवातालको बिचमा रहेको बाराही मन्दिरमा शुक्रबार विहान एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले क्यूआर कोड हस्तान्तर गरेका हुन्।
यो सुविधासँगै मन्दिरमा भक्तजनहरुले आफ्नो मोबाईल बैंकिङ्ग एप्लिकेसन मार्फत सजिलै दान गर्न सक्नेछन् ।
नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोवार र नगद रहित कारोवारलाई बढावा दिने उद्देश्यका साथ उक्त सेवाको सुरुवात गरिएको बैंकले जनाएको छ।
प्रकाशित: २१ फाल्गुन २०७७, शुक्रबार