चिप शर्टेजका कारण चीनमा शाओमी एमआई११ को आपूर्तिमा प्रभाव

Technology Khabar २१ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनीले केही समयअघि क्वालकमको स्न्यापड्र्यागन ८८८ चिपसेट भएको फ्ल्यागशिप फोन एमआई ११ सार्वजनिक गरेको थियो।

सार्वजनिक भएको केही समयमै यसको विश्वभरबाट ठूलो संख्यामा माग आएको कम्पनीले जनाएको छ।

चीनमा फ्ल्याश सेलमार्फत् बिक्री भइरहेको उक्त स्मार्टफोन प्रत्येक सेलमा लगभग सोल्ड आउट नै हुँदै आएका छन्। उच्च माग र कम आपूर्ति भएका कारण यो फोन ‘प्रिमियम’ मूल्यमा बिक्री हुँदै आएको छ।

विभिन्न सञ्चारमाध्यममा आएका रिपोर्टहरुलाई आधार मान्ने हो भने शाओमीको एमआई ११ को संख्या कम हुने र आपूर्तिमा कमी आउने समस्या छिट्टै समाधान हुने सम्भावना छैन।

विश्वव्यापी रुपमा भएको चिप शर्टेजका कारण कम्पनीको उत्पादनमा कमी आएको बताइएको छ। एजेन्सी

प्रकाशित: २१ फाल्गुन २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया