
काठमाडौं ।
ब्राजिलको सर्वोच्च संघीय अदालतले फेसबुकको माध्यमबाट अमेजन वर्षावनको संरक्षित क्षेत्रलाई बिक्रीका लागि राखिएको बारेमा अनुसन्धान गर्न आदेश दिएको छ।
यसअघि प्लेटफर्मको मार्केटप्लेस वर्गीकृत विज्ञापनका बीचमा सूचीबद्ध १,००० भन्दा बढी फुटबल पिचहरू आकारका अमेजन जंगल बिक्रीमा राखिएको भेटिएको बीबीसीले उल्लेख गरेको थियो ।
अदालतले सरकारलाई उचित ‘नागरिक र आपराधिक कदम चाल्न’ आग्रह गरेको छ।
फेसबुकले यस बारेमा कम्पनी स्थानीय अधिकारीहरुसंग काम गर्न तयार रहेको बताएको छ। तर टेक फर्मले यो संकेत गरेको छ कि यो व्यापार रोक्न यसले आफैं स्वतन्त्र रुपमा कारवाही गर्ने छैन।
अमेजन विश्वको सबैभन्दा ठूलो वर्षावन हो र एक महत्त्वपूर्ण कार्बन स्टोर हो जसले ग्लोबल वार्मिंगको गतिलाई सुस्त बनाउँछ। यसमा करीव ३० लाख प्रजातिहरूको बोटबिरुवा र जनावरहरू आस्रित छन भने १० लाख आदिवासीहरू बस्ने ठाउँ छ।
रिपोर्टअनुसार अदालतले सो विज्ञापनको मुद्धालाई समेत हेरेको र विज्ञापनको बारेमा समेत जानकारी लिएको छ । सो जंगल क्षेत्र करिब १६, ४०० पाउण्ड मुल्य बराबर स्थानीय मुल्यमा बिक्रीका लागि राखिएको छ ।
बिक्रीका लागि राखिएको जंगल क्षेत्र ब्राजिलको राष्ट्रिय संरक्षित तथा आदिवासीहरुको बासस्थान क्षेत्र भएको बताईएको छ ।बीबीसी
प्रकाशित: २१ फाल्गुन २०७७, शुक्रबार