च्याट बन्द भएपछि शेयर गरिएका फोटाेहरु आफैं डिलिट हुने फिचर ल्याउँदै ह्वाट्सएप

  • Technology Khabar | २१ फाल्गुन २०७७, शुक्रबार
च्याट बन्द भएपछि शेयर गरिएका फोटाेहरु आफैं डिलिट हुने फिचर ल्याउँदै ह्वाट्सएप

काठमाडौं ।

ह्वाट्सएपले चाँडै नै एउटा फिचर सार्वजनिक गर्ने भएको छ। यससम्बन्धी बाहिरिएका रिपोर्टहरुका अनुसार अबदेखि च्याटमा पठाइएका फोटोहरु एप बन्द गर्नेबित्तिकै आफैं डिलिट हुनेछन्।

ह्वाट्सएपलाई ट्र्याक गर्ने वेबसाइट WABetaInfo ले सोसियल मिडियामा यो फिचरका बारेमा जानकारी दिएको हो।

WABetaInfo ले ट्वीटमार्फत् दिएको जानकरी अनुसार ह्वाट्सएपले यसलाई सेल्फ डेस्ट्रक्टिङ फोटो फिचर भन्ने नाम दिएको छ भने हाललाई यसको आन्तरिक परीक्षण गरिरहेको छ।

यो एन्ड्रोइड तथा आईओएस दुवै अपरेटिङ सिस्टमका लागि परीक्षण भइरहेको बताइएको छ। नाम अनुसार च्याट बन्द भएपछि फोटो आफैं डिलिट हुनेबाहेक अरु फिचरहरु रहेका छन्:

यस फिचर अन्तर्गत पठाइएको फोटो एक्सपोर्ट गर्न सकिँदैन। यस हिसाबले हेर्दा यस्ता फोटोहरु न त सेभ नै गर्न सकिन्छ न त अरु कसैलाई फरवार्ड गर्न नै।

WABetaInfo का अनुसार ह्वाट्सएपले अहिलेसम्म स्क्रीनशट डिटेक्शनलाई सेल्फ डेस्ट्रक्टिङ फिचरसँग जोडेको छैन। स्क्रीनशट डिटेक्शन त्यस्तो फिचर हो जसले कुनै व्यक्तिले पठाएको फोटोको स्क्रीनशट लिएको खण्डमा फोटो पठाउने व्यक्तिलाई त्यसको जानकारी दिन्छ।

यो फिचर प्रयोग गर्न ग्यालरीबाट फोटो छान्नुपर्ने हुन्छ। फोटो सेलेक्ट गरेपछि एउटा घडीजस्तो आईकन देखिन्छ। उक्त आइकनमा क्लिक गर्नुपर्छ। यो घडीजस्तो आइकन ‘एड अ क्याप्शन’ नजिकै देखिन्छ।

यति गरेपछि तपाईँले सेल्फ डेस्ट्रक्टिङ फिचर भएको फोटो पठाउन सक्नुहुनेछ जुन पाउने व्यक्तिले हेर्न मात्र सक्दछ तर सेभ वा फरवार्ड गर्न सक्दैन। जब तपाईँले च्याट बन्द गर्नुहुन्छ तब यो फोटो पनि डिलिट हुन्छ।

 

प्रकाशित: २१ फाल्गुन २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार