सूचना तथा सञ्चार क्षेत्रको अनुमानित वृद्धिदर २.३ प्रतिशत, जीडीपीमा १ खर्ब ८३ अर्ब रुपैयाँको योगदान

  • Technology Khabar | २० फाल्गुन २०७७, बिहीबार
सूचना तथा सञ्चार क्षेत्रको अनुमानित वृद्धिदर २.३ प्रतिशत, जीडीपीमा १ खर्ब ८३ अर्ब रुपैयाँको योगदान

काठमाडौं ।

नेपालको सूचना प्रविधि तथा संचार क्षेत्रको वृद्धिदर खुम्चिएको छ । केन्द्रिय तथ्यांक विभागले बिहिबार सार्वजनिक गरेको देशको आर्थिक अवस्था र वृद्धिदरको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६।७७ मा सूचना तथा सञ्चार क्षेत्रको वृद्धिदर २.३ प्रतिशत हुने देखिएको छ।

विभागकाअनुसार यसअघि आर्थिक वर्ष २०७५।७६ मा ७।०५ प्रतिशतको वृद्धिदर हासिल भएकोमा आव २०७६।७७ मा भने आधा भन्दा धेरैले कमी आउने प्रक्षेपण गरिएको छ ।

विभागकाअनुसार सूचना तथा सञ्चार क्षेत्रले सो आवमा १ खर्ब ८६ अर्ब ८२ करोडको कुल योगदान गरेको देखिएको छ । यसअघि यस्तो योगदान अघिल्लो वर्षमा भने १ खर्ब ८३ अर्ब ४४ करोड ६० लाख रुपैयाँ बराबर रहेको थियो ।

त्यसैगरि खपतको आधारमा हेर्दा सूचना तथा सञ्चार उद्योगले १ खर्ब ९ अर्ब ६५ करोड ३० लाख रुपैयाँ बराबरको खपत गरेको तथ्यांक प्रक्षेपण गरेको हो ।

विभागका अनुसार नेपालको गत आर्थिक वर्षको आर्थिक वृद्धिदर ऋणात्मक देखिएको छ । केन्द्रीय तथ्यांक विभागले आज राष्ट्रिय लेखा सम्बन्धी तथ्यांक सार्वजनिक गर्दै गत आवमा मुलुकको अर्थतन्त्र १ दशमलव ९९ प्रतिशतले ऋणात्मक देखिएको उल्लेख गरेको छ ।

तर, राष्ट्रिय लेखा तथ्यांकको आधार वर्ष परिवर्तन गर्दा नेपालको अर्थतन्त्रको आकार परिवर्तन भने बढेको छ ।

प्रकाशित: २० फाल्गुन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार