कर्पोरेट पेमा ५० दिनमा आबद्ध भए ५० व्यवसाय, ५० करोडको कारोबार

  • Technology Khabar | २० फाल्गुन २०७७, बिहीबार
कर्पोरेट पेमा ५० दिनमा आबद्ध भए ५० व्यवसाय, ५० करोडको कारोबार

काठमाडौं ।

आधिकारीक सुरुवातको ५०औं दिनमा आइपुग्दा कर्पोरेट पे प्रणालीमा ५० भन्दा बढि व्यावसायिक ग्राहकहरु आबद्ध भई ५० करोड भन्दा बढिको भुक्तानी कारोबार फर्छौट भएको छ।

बैंक वित्तीय संस्थाहरुका साना तथा मझौला व्यवसाय लगायत विभिन्न संस्थालाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी उक्त कर्पोरेट पे प्राणाली संचालनमा ल्याइएको हो ।

यस प्रणाली मार्फत अन्तरबैंक र सोही बैंकको फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानी गर्न सकिन्छ भने व्यावसायिक ग्राहक एवम् सेवा प्रदान गर्ने बैंक र वित्तीय संस्थाको लागि आवश्यक आन्तरिक नियन्त्रणको समेत उपयुक्त व्यवस्था रहेको छ।

यी भुक्तानीहरू व्यावसायिक ग्राहकले छनोट गरे बमोजिम कनेक्टआईपीएस मार्फत् रियल टाइममा र एनसीएचएल-आईपीएस मार्फत नन-रियल-टाइममा गर्न सकिन्छ । साथै यस प्रणालीमा ग्राहकले एकभन्दा बढी बैंक खाताहरु लिंक गरी कारोबारहरु गर्न सक्ने व्यवस्था पनि रहेको छ ।

कर्पोरेट पे प्रणाली थालनी भएको छोटो समयमा नै यसको लोकप्रियता तथा प्रयोगले डिजिटल भुक्तानी क्षेत्रलाई थप प्रबर्द्धन गर्ने विश्वास लिइएको छ ।

एनसीएचएलद्वारा संचालन गरिएको उक्त प्राणालीमा आबद्ध हुन ग्राहकले आफ्नो बैंकसँग सम्पर्क गर्नुपर्ने हुन्छ । हाल २५ भन्दा बढी बैंक वित्तीय संस्थाहरु मार्फत् उक्त प्राणााली प्राप्त गर्न सकिन्छ र आफ्ना थप ग्राहकहरुलाई प्रणालीमा आबद्ध गराउँदै आएका छन् ।

प्रकाशित: २० फाल्गुन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • २० फाल्गुन २०७७, बिहीबार