मेयर कप २०७७ क्रिकेट डिशहोमले प्रत्यक्ष प्रशारण गर्दै

  • Technology Khabar | २० फाल्गुन २०७७, बिहीबार

काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ क्यानद्धारा आयोजीत मेयर कप पुरुष (एक दिवसिय) २०७७ प्रत्यक्ष प्रशारण गर्न डिश मिडिया नेटवर्क र क्यान विच समझदारी भएको छ।

काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा फाल्गुण २२ बाट सुरु हुने मेयर कप पुरुष (एक दिवसिय) २०७७ मा तीन विभागीय टोली-१ बागमती टोलि र काठमाडौ‌ महानगरपालिका टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

फाल्गुण २९ गतेसम्म चल्ने प्रतियोगितामा १ बागमती प्रदेश, ३ विभागिय टोली र १ काठमाडौ महानगरपालिका गरि सहभागी ५ टाली रहेको छ ।

दुबै प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानल ले प्रत्यक्ष प्रशारण गर्नेछ।

यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिता र काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानको पनि प्रत्यक्ष प्रसारण गरेको थियो ।

प्रकाशित: २० फाल्गुन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार