अब एप्पल आईक्लाउड फोटोबाट गुगल फोटोजमा सोझै ट्रान्सफर गर्न सकिने

  • Technology Khabar | २० फाल्गुन २०७७, बिहीबार
अब एप्पल आईक्लाउड फोटोबाट गुगल फोटोजमा सोझै ट्रान्सफर गर्न सकिने

काठमाडौं ।

अब आईक्लाउड फोटो गुगल फोटोजमा ट्रान्सफर गर्न डाउनलोड गरिरहनुपर्ने झण्झट नहुने भएको छ। एप्पलले हालै एउटा सर्भिस सुरु गरेको छ जसले आईक्लाउड फोटो गुगल फोटोजमा ट्रान्सफर गरिदिनेछ।

कसरी गर्ने?

यसका लागि एप्पलको डाटा एन्ड प्राइभेसी वेबसाइटमा गएर आफ्नो आईक्लाउड एकाउन्ट लग इन गर्नुपर्नेछ।

लग इन गरेपछि ‘ट्रान्सफर अ कपी अफ योर डाटा’ मा गएर आफ्नो आवश्यकता अनुसार त्यहाँ रहेको फोटोज एन्ड अर भिडियोजमा क्लिक गर्नुपर्नेछ। त्यसपछि प्रक्रिया पूरा गर्नका लागि तपाईँलाई आफ्नो गुगल एकाउन्ट लग इन गर्ने विकल्प दिइन्छ।

यो सेवा प्रयोग गर्नका लागि सबैभन्दा पहिले तपाईँको एप्पल आईडीमा टु फ्याक्टर अथेन्टिकेशन प्रयोग गर्न मिल्ने गरिएको हुनुपर्छ। त्यसबाहेक तपाईँको गुगल फोटोज एकाउन्टमा पर्याप्त स्पेश हुनु पनि जरुरी छ।

पर्याप्त स्टोरेज खाली नभएको खण्डमा ट्रान्सफर प्रक्रिया पूरा हुँदन। प्रक्रिया सुरु हुँदा नै ती फोटो तथा भिडियोको जम्मा साइज देखाउँछ र कति स्पेश आवश्यक पर्छ भन्ने आकलन गरेर स्पेश खाली गर्न सकिन्छ। यसबाहेक तपाईँसँग गुगल ड्राइभको फ्री भर्जनले दिनेभन्दा अन्य कुनै स्टोरेज छ भने त्यसलाई पनि प्रयोग गर्न सकिन्छ।

ट्रान्सफर सकिएपछि तपाईँको गुगल एकाउन्टमा उपलब्ध फोटो तथा भिडियोका फाइल नेमको अगाडि ‘कपी अफ’ लेखिएको पाउनुहुनेछ। तपाईँको आफ्नै फोटोमा हालसालै गरिएका इडिटसहितको फोटोमात्र ट्रान्सफर हुन्छन्। यो प्रक्रियामा शेयर्ड एल्बमहरु ट्रान्सफर हुँदैनन्।

एप्पलका अनुसार एउटा ट्रान्सफर हुन ३ देखि ७ दिनको समय लाग्नेछ। यो समय ट्रान्सफर रिक्वेष्टको प्रमाणीकरण तथा ट्रान्सफर प्रक्रियाकै लागि लाग्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २० फाल्गुन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...