‘पुराना इलेक्ट्रोनिक सामानको व्यवस्थापन चुनाैतीपूर्ण’

  • Technology Khabar | २० फाल्गुन २०७७, बिहीबार
‘पुराना इलेक्ट्रोनिक सामानको व्यवस्थापन चुनाैतीपूर्ण’

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल दूरसञ्चार प्राधिकरणका विगत २३ वर्षका कमी कमजोरीलाई केलाउँदै अगाडि बढ्नुपर्ने बताएका छन्।

प्राधिकरणको २३औं वार्षिकोत्सवमा अवसरमा बोल्दै उनले नेपालजस्तो सुन्दर देशमा प्रविधिसँग सम्बन्धित तार, डिभाइस, इलेक्ट्रोनिक फोहर आदिलाई व्यवस्थापन गर्नु चुनाैतीपूर्ण रहेको बताएका छन्।

नयाँ नयाँ प्रविधि आएपछि पुराना इलेक्ट्रोनिक सामानहरुको प्रयोग कम हुने भएकाले यस्ता सामानलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा महत्वपूर्ण रहेको उनले बताए। यस्ता उपकरणले शहरलाई नै कुरुप बनाएकोले व्यव्थापन आवश्यक भएको उनको भनाइ थियो।

कार्यक्रममा मन्त्री गुरुङले प्रयोग भएका यस्ता मोबाइल, तार कम्प्युटरहरुको व्यवस्थापन गर्न नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीहरुले केही उपाय साेचिरहेको हाेलान् भन्ने विचार पनि पनि व्यक्त गरे।

प्रकाशित: २० फाल्गुन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार