ट्विटरले पनि सुरु गर्यो क्लबहाउस जस्तै अडियो च्याट रुम

  • Technology Khabar | २० फाल्गुन २०७७, बिहीबार
ट्विटरले पनि सुरु गर्यो क्लबहाउस जस्तै अडियो च्याट रुम

काठमाडौं ।

माइक्रोब्लगिङ साइट ट्विटरले क्लबहाउस जस्तै अडियो च्याट रुम फिचर सुरु गरेको छ। यस फिचरको नाम उसले स्पेशेज राखेको छ। हाललाई एन्ड्रोइड डिभाइसहरुमा यसको बिटा भर्जनको परीक्षण भइरहेको छ।

कम्पनीले एउटा बुधबार ट्वीटमार्फत् ट्विटर स्पेशेजको एन्ड्रोइड बिटा भर्जनको परीक्षण सुरु भएको जानकारी दिएको हो। ट्विटरको रुम अर्थात् स्पेशमा जोडिन निम्ता पाएका ट्विटर प्रयोगकर्ताले आफ्नो फ्लीटलाइनमा बैजनी रंगको संकेतमार्फत जोडिन सक्नेछन्। तर तत्कालै उनीहरुले आफ्नो रुम क्रियट गर्न भने सक्ने छैनन्।

कम्पनीका अनुसार आफ्नै रुम क्रियट गर्ने विकल्प छिट्टै आउनेछ।

‘पब्लिक कन्भरसेसनका लागि अडियोको विकल्प थपिएको छ। संगीतकार तथा लेखकहरुले आफ्ना सिर्जनाहरुलाई जीवन्त बनाउन र अन्यले कथा सुनाउन, मनका कुरा भन्न अडियोको प्रयोग गरिरहेका छन्, ट्विटरले डिसेम्बरमा लेखेको थियो, ‘मानिसहरु ट्विटरमा बातचित गरिरहँदा सहज महसुस गर्न तथा नियन्त्रणमा रहन मन पराउँछन् भन्ने पनि हामीलाई थाहा छ।’

यो फिचर सबैका लागि कहिले उपलब्ध हुनेछ भन्ने आधिकारिक मिति भने ट्विटरले तोकेको छैन।

प्रकाशित: २० फाल्गुन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार