खल्तीमा राखेको आइफोन एक्स पड्किएपछि एप्पलको विरुद्धमा मुद्दा

  • Technology Khabar | १९ फाल्गुन २०७७, बुधबार
खल्तीमा राखेको आइफोन एक्स पड्किएपछि एप्पलको विरुद्धमा मुद्दा

काठमाडौं ।

आफ्नो खल्तीमा राखेको आइफोन एक्स पड्किएर जलेर घाईते भएका एक अष्ट्रेलियन नागरिकले हालै एप्पलको विरुद्ध मुद्दा दायर गरेका छन् ।

सन्  २०१९मा भएको सो घट्नामा उनी घाईते भएर अस्पतालमा भर्ना भएका थिए। र सो घट्नामा एप्पलले कुनै चासो नदिएको उनको आरोप छ ।

मेलबोर्नका वैज्ञानिक रोबर्ट डी रोजको खल्तीमा करिब १ वर्ष पुरानो आइफोन एक्स पड्किएको थियो। स्थानीय मिडिया रिपोर्टकअनुसार हाल उनले एप्पलबाट त्यसको क्षतिपूर्ति खोजिरहेका छन्।

‘अफिसमा काम गरिरहेको बेला मैले केही पड्किएको जस्तो आवाज सुनेको थिएँ । त्यही बेला मलाई दाहिने खुट्टामा दुखाइ महसुस भयो र त्यो मेरो खल्तीको आइफोनले गर्दा भएको थाहा पाएँ। मेरो लुगाको सानो भाग खरानी भएको थियो र छाला पनि निस्केको थियो।’ रोबर्टले स्थानीय समाचार साइट सेभेनन्यूजलाई भनेका छन् ।

सो घट्नामा उनलाई दोस्रो तहको जलनको असर भएको थियो भने उनको प्यान्टको गोजी पुरै जलेको थियो ।

रोबर्टले सुरुमा यो कुरा सिधै एप्पललाई रिपोर्ट गरेको तर कम्पनीबाट कुुनै प्रतिक्रिया नपाएको बताएका छन्। त्यसैले उनी आफूले पाउनु पर्ने क्षतिपूर्तिको लागि एप्पललाई मुद्दा हाल्ने योजना बनाइरहेको छन्। उनले अन्य आइफोन प्रयोगकर्तालाई पनि यस्तो खतराबाट सचेत रहन सुझाएका छन्।

यसबाहेक स्थानीय ल फर्मका अनुसार केही समय अगाडी एप्पलका अर्का प्रयोगकर्ताले पनि एप्पल घडी धेरै तातिएर नाडी जलेको बताएका थिए। यी दुवै रिपोर्ट अदालतमा दायर भइसकेको छ।

एप्पलका एक प्रवक्ताले सो समाचार साइटलाई प्रयोगकर्ताहरुको सुरक्षालाई गंभिररुपमा लिने गरेको र यी दुबै घट्नाहरुको अनुसन्धान भईरहेको बताएका छन् ।

प्रकाशित: १९ फाल्गुन २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

China’s Long March-8A rocket launches internet satellites

  • Technology Khabar
  • १९ फाल्गुन २०७७, बुधबार