काठमाडौं ।
चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले ८औँ सिरिजको फोन सार्वजनिक गर्ने तयारी गरेको छ । यो सिरिजको फोन १०८ एमपी क्यामरासहित आउने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले आज एक भर्च्युअल कार्यक्रममार्फत् यस्तो जानकारी दिएको हो।
रियलमी ८ प्रोमा प्रयोग गरिएको १०८ एमपीको क्यामराले उज्यालो र अँध्यारो दुवैमा हरेक विवरण स्पष्ट देखिने गरी तस्वीर खिच्न सक्ने बताइएको छ ।
यसमा रहेको सेन्सरसहितको क्यामराले यी बाहेक अन्य थुप्रै सुविधाहरु प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।
इन–सेन्सर जुम
यसमा प्रयोग गरिएको ‘इन–सेन्सर’ जुम प्रविधिका कारण फोटो जुम गर्दा थप स्पष्ट भएर देखिन्छ र फोटो फाट्दैन ।
‘टाइम ल्याप्स’ स्टोरी मोड
रियलमीले यस सिरिज मार्फत पहिलोपटक स्मार्टफोनको दुनियाँमा टाइम लाप्स स्टारी मोड समेत सार्वजनिक गरेको छ ।
टिल्ट–शिफ्ट फोटोग्राफीः सूक्ष्म संसार
टिल्ट शिफ्ट प्रविधिले फोटोको केबल एक भागलाई फोकस गरेर स्पष्ट देखाउँछ र अन्य भाग ब्लर गरेर सूक्ष्म संसारको अनुभूति दिलाउँछ ।
नयाँ प्रोट्रेट फिल्टर
कम्पनीले यो सिरिजको फोनमा आइकोनिक, नियोन, डायनामिक र एआई कुल जस्ता फिल्टरहरु राखेको छ ।
प्रकाशित: १८ फाल्गुन २०७७, मंगलवार