टेम्पोमा यात्रा गर्ने यात्रुले मेगा बैंकको क्यूआर कोडबाट भाडा तिर्न सक्ने

  • Technology Khabar | १७ फाल्गुन २०७७, सोमबार
टेम्पोमा यात्रा गर्ने यात्रुले मेगा बैंकको क्यूआर कोडबाट भाडा तिर्न सक्ने

काठमाडौं ।

मेगा बैंक नेपालले टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडबाट रकम भुक्तानीको सुरु गरेको छ।

चालकहरुबाट काठमाडौं उपत्यकाबाट सुरु गरिएको यो सेवा देशैभरी लागु गरिने बैंकले जनाएको छ।

डिजिटल बैंकिङ र नगदरहित कारोबारलाई प्रबद्र्दन गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको बैंकले जनाएको छ।

यसअघि टेम्पो चलाएर गुजारा चलाउँदै आएका महिलाहरुलाई आर्थिक उपार्जनमा थप टेवा मिलोस् भन्ने उद्देश्यले बैंकले यसअघि नै सहुलियत कर्जा सुविधाको ब्यवस्था गर्दै आएको छ।

प्रकाशित: १७ फाल्गुन २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार