सानिमा बैंक काठमाडौंको कीर्तिपूरमा

  • Technology Khabar | १७ फाल्गुन २०७७, सोमबार
सानिमा बैंक काठमाडौंको कीर्तिपूरमा

काठमाडौं ।

सानिमा बैंक लिमिटेडले २०७७ फागुन १७ गते काठमाडौंको कीर्तिपूर (पाङ्गा दोबाटो) मा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको समुद्घाटन् ब्रान्ड प्रबर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा भयो ।

मह जोडीले कीर्तिपूरमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दज्यूद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रकाशित: १७ फाल्गुन २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार