नेपाली फिल्म पाईरेसी गरेर सामाजिक सञ्जालमा अपलोड गरेको आरोपमा एक युवक पक्राउ

  • Technology Khabar | १७ फाल्गुन २०७७, सोमबार
नेपाली फिल्म पाईरेसी गरेर सामाजिक सञ्जालमा अपलोड गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं ।

अनाधिकृत रुपमा फिल्म पाईरेसी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा लमजुङ बेशीशहर नगरपालिका २ बस्ने २५ वर्षीय सुजन परियारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

थ्री सिक्टी वान डिग्री मिडिया प्रालिले सिनेमाघर एपको माध्यमबाट वितरण गरेका नेपाली कथानक चलचित्रहरु परियारले अनधिकृतरुपमा सामाजिक सञ्जालहरुमा अपलोड गरेको आरोप छ ।

थ्री सिक्टी वान डिग्री मिडिया प्रालिले सिनेमाघर एपको माध्यमबाट वितरण गरेका नेपाली कथानक चलचित्रहरु अपरिचित व्यक्तिले ईन्टरनेटको माध्यमबाट अनाधिकृत रुपमा सामाजिक संजाल यूट्युव, टेलीग्राममा अपलोड गरी बजारमा बिक्री वितरण र प्रकाशन गरेको भन्ने उजुरीको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय लमजुङको समन्वयमा सुजनलाई पक्राउ गरेको हो ।

सुजन उपर प्रतिलिपी अधिकार ऐन अन्तर्गतको कसूरमा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएकोमा जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भईरहेको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित: १७ फाल्गुन २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार