नेपाल बैंकको एकै दिन ११८ जनालाई फोन पे को क्यूआर स्ट्याण्ड वितरण

  • Technology Khabar | १७ फाल्गुन २०७७, सोमबार
नेपाल बैंकको एकै दिन ११८ जनालाई फोन पे को क्यूआर स्ट्याण्ड वितरण

काठमाडौं ।

नेपाल बैंक लिमिटेडको पाल्पा शाखाको आयोजनामा डिजिटल पाल्पा अभियान अन्तर्गत एकै दिन ११८ जनालाई फोन पे को क्यूआर स्ट्यान्ड वितरण कार्यक्रम सम्पन्न भएको छ ।

ढाका कपडा व्यवसायी, कृषक, कानुनी सेवा व्यवसायी, सहकारी संस्था, विद्यालय, बाईक मर्मत पसल, होटल रेष्टुरेन्ट लगायत विविध क्षेत्रका व्यवसायीहरुलाई क्यूआर स्ट्यान्ड वितरण गरिएको उक्त कार्यक्रममा तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाखीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै मेयर शाहीले अब व्यवसायमा क्यासलेस कारोबारका कारण छिटो, छरितो र सरल रुपमा कारोबार गर्न सकिने भएकाले सबैले यसको प्रयोगलाई बढाउनुपर्ने र यसको लागि तानसेनका बैंक तथा वित्तीय संस्थाहरुले यस किसिमको जागरणका कामहरु गर्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रमका नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका उपनिर्देशक रमेश न्यौपानेले नगदको प्रयोग गर्दा जोखिम हुने, पैसा छिटो झुत्रो हुने भएकाले राज्यको खर्च पनि बढ्ने हुँदा नेपाल बैंकद्वारा संचालन गरिने फोनपे को क्यूआर प्रयोगबाट नगद रहित कारोबार बढ्न जाँदा यसले समग्र रुपमा देशलाई नै फाइदा पुग्ने बताए।

प्रकाशित: १७ फाल्गुन २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...