ब्राजिलमा फाइभजी सम्बन्धी नियमावली अनुमोदन, ह्वावेलाई प्रतिबन्ध नलगाइने

  • Technology Khabar | १७ फाल्गुन २०७७, सोमबार
ब्राजिलमा फाइभजी सम्बन्धी नियमावली अनुमोदन, ह्वावेलाई प्रतिबन्ध नलगाइने

काठमाडौं ।

ब्राजिलको दूरसञ्चार क्षेत्रको नियामक निकाय एन्टेलले ५जी स्पेक्ट्रम अक्शन नियमावली अनुमोदन गरेको छ। उक्त अनुमोदनमा ह्वावेलाई कुनै छेकबार नलगाइने भएको छ।

केही समयअघि अमरिकी ट्रम्प प्रशासनले सुरक्षा खतरालाई मध्यनजर गर्दै ह्वावेलाई ५जी प्रविधिमा जानबाट प्रतिबन्ध लगाउन ब्राजिललाई दबाब दिएको थियो।

ब्राजिलका टेलिकम कम्पनीहरु ह्वावेकै पक्षमा

रिपोर्टहरुका अनुसार ब्राजिलका टेलिकम कम्पनीहरु ५जी को होडमा ह्वावेलाई स्थान दिनुपर्ने पक्षमा रहेका देखिन्छन्। उनीहरुका अनुसार ह्वावे नहुने हो भने ५जी प्रविधिका लागि देशले करोडाैं डलर लगानी गर्नुपर्ने हुन्छ।

हालसम्मको आँकडा हेर्दा ब्राजिलमा रहेको ५० प्रतिशत ३जी तथा ४जी उपकरणहरु ह्वावेकै छन्। यस हिसाबले पनि ह्वावेलाई ५जी प्रविधिको दाैडमा प्रतिस्पर्धा गर्न रोक्न नहुने उनीहरुको तर्क हो।

नियमावली अनुमोदन भएपछि अब ब्राजिलमा ५जी प्रविधिको फ्रिक्वेन्सीका लागि आगामी जुन महिनामा अक्शन हुने बताइएको छ।

नयाँ प्रविधि ल्याउनुपर्ने

नियमावलीले ५जी ले ४जीमा भर नपरी नयाँ प्रविधि अपनाउनुपर्ने शर्त राखेको छ।

ब्राजिलमा ५जी नेटवर्कका लागि मार्चमा अक्शन गर्ने योजना भए पनि कोरोनाका कारण २०२१ को सुरुवातका लागि सारिएको थियो। यस अवधिमा चिनियाँ टेक जायन्ट ह्वावेले ब्राजिलमा माैखिक प्रतिबन्ध खेप्नुपर्यो। ब्राजिलका राष्ट्रपतिले ह्वावेलाई ५जी प्रतिस्पर्धामा जान नदिने घोषणा गरे।

चिनियाँ टेक जायन्ट ह्वावेका पक्षमा समर्थन जुटाउन हाल संवैधानिक कानूनका प्राध्यापक तथा वकिलसमेत रहेका मिचेल टेमर वर्तमान राष्ट्रपति जायर मेसियास बोल्सोनारोसँग नियमित भेटघाटमा रहेको बुझिएको छ।

प्रकाशित: १७ फाल्गुन २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • १७ फाल्गुन २०७७, सोमबार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • १७ फाल्गुन २०७७, सोमबार

NOC from Nagarik App

  • १७ फाल्गुन २०७७, सोमबार

E-pension verification system launched

  • १७ फाल्गुन २०७७, सोमबार