विद्युतीय कारोबार प्रबर्द्धनका लागि बैंकहरुले सीएसआर कोषको ५ प्रतिशत रकम खर्च गर्नसक्ने

  • Technology Khabar | १६ फाल्गुन २०७७, आईतवार
विद्युतीय कारोबार प्रबर्द्धनका लागि बैंकहरुले सीएसआर कोषको ५ प्रतिशत रकम खर्च गर्नसक्ने

काठमाडौं ।

बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व (सीएसआर) कोष अन्तर्गतको रकम अब विद्युतीय कारोबार प्रबर्द्धनमा खर्च गर्न सक्ने भएका छन्।

नेपाल राष्ट्र बैंकको नयाँ निर्देशिकाअनुसार कम्तीमा ५ प्रतिशत रकम विद्युतीय कारोबार प्रबद्र्धनका लागि खर्च गर्नुपर्ने छ।

आइतबार नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७७ मा संशोधन, परिमार्जन तथा थप व्यवस्था गर्दै विद्युतीय कारोबारको प्रबर्द्धनका लागि सो व्यवस्था गरेको हो।

‘उक्त कोषबाट हुने खर्चको बढिमा ५ प्रतिशतसम्म विद्युतीय कारोबार प्रबर्द्धनका लागि गरिने खर्च संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट हुने खर्चमा व्यहोर्न सकिनेछ,’ राष्ट्र बैंकले भनेको छ।

प्रकाशित: १६ फाल्गुन २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार