फेसबुकको शर्ट भिडियो एप ‘बार्स’ सार्वजनिक, टिकटकलाई टक्कर दिने योजना

  • Technology Khabar | १६ फाल्गुन २०७७, आईतवार

काठमाडौं ।

फेसबुकले शर्ट भिडियो शेयरिङ एप ‘बार्स’ (BARS) सार्वजनिक गरेको छ। फेसबुककै अर्को एप इन्स्टाग्रामले अघिल्लो वर्ष टिकटकको जस्तै फिचर भएको शर्ट भिडियो शेयिरङ एप इन्स्टाग्राम रिल्स सार्वजनिक गरेको थियो।

बार्स एप फेसबुकको न्यू प्रोडक्ट एक्सपेरिमेन्टको रिसर्च एण्ड डेभलपमेन्ट टिमले बनाएको हो। यस एपले पछिल्लो वर्ष भारत प्रतिबन्ध लागेको तथा अमेरिकामा विवादमा परेको टिकटकको स्थान लिनसक्ने आंकलन गरिएको छ।

अहिलेका लागि यो एप बीटा टेस्टिङका लागि मात्र उपलब्ध छ। यसमार्फत प्रयोगकर्ताले टिकटक र इन्स्टाग्राम रिल्समा जस्तै शर्ट भिडियो क्रिएट र शेयर गर्न सक्नेछन्। यो एप विशेष गरी र्यापरहरुका लागि बनाइएको कम्पनीले जनाएको छ।

यी फिचरहरु उपलब्ध हुनेछन् एपमा-

र्यापरहरुका लागि प्रि रिकर्डिङ बिट्स

बार्स एपमा टिकटक तथा अरु शर्ट भिडियो शेयरिङ एपमा जस्तै कन्टेन्ट क्रिPट गर्ने अप्शन हुनेछ। यस बाहेक र्यापरहरुका लागि प्रि-रिकर्डिङ बिट्स पनि उपलब्ध हुनेछ। यसबाट यूजरले आफ्ना शब्दहरुलाई प्रोफेशनल र्यापमा परिणत गर्न सक्नेछन्।

राइम डिक्शनरी

यस बाहेक पनि यसमा एउटा राइम डिक्शनरी पनि उपलब्ध गराइएको छ। यसले र्यापको बहाव ‘फ्लो’ लाई सरल रुपमा अगाडि बढाउन आवश्यक शब्दहरुको विकल्प पनि दिनेछ।

च्यालेन्ज मोड

यस एपमा एउटा च्यालेन्ज मोड दिइएको छ जसले यूजरलाई फ्री स्टाइल अटो सजेस्टेड रुपमा शब्दहरुको क्यू उपलब्ध गराउनेछ।

र्यापरहरुले आफ्ना शब्दहरु र फ्लो पूरा गरेपछि फेसबुक बार्समा उपलब्ध थुप्रै प्रकारका प्रि रिकर्डेड अडियोले भिजुअल फिल्टरका साथ र्याप कन्टेन्ट बनाउन मद्दत गर्नेछन्।

यस बाहेक यसमा क्लिन, अटोट्यून, इम्याजिनरी फ्रेण्ड्स तथा एफएम रेडियोजस्ता थुप्रै प्रकारका प्रि लोडेड टूलहरु पनि उपलब्ध हुनेछन्। एजेन्सी

प्रकाशित: १६ फाल्गुन २०७७, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार