भारतमा नयाँ सूचना प्रविधि नियम, साेशल मिडिया हुन कम्तीमा ५० लाख युजर हुनुपर्ने

  • Technology Khabar | १६ फाल्गुन २०७७, आईतवार
भारतमा नयाँ सूचना प्रविधि नियम, साेशल मिडिया हुन कम्तीमा ५० लाख युजर हुनुपर्ने

काठमाडौं ।

भारत सरकारले सोसल मिडिया प्लेटफार्म हुनका लागि प्रयोगकर्ता कम्तीमा पनि ५० लाख जना हुनुपर्ने नयाँ नियम जारी गरेको छ। आफूलाई सोसल मिडिया भनेर चिनाउने कम्पनीहरुले अबदेखि यो नयाँ सूचना प्रविधि नियम अन्तर्गत सोसल मिडिया दुरुपयोग नहोस् भन्ने उद्देश्यले यी केही नयाँ नियमहरु पालना गर्नुपर्ने व्यवस्था गरिएको सरकारले जनाएको छ।

तीन अधिकारीहरु भारतमै रहनुपर्ने

यसै हप्ता घोषित सूचना प्रविधि नियम अन्तर्गत सोसल मिडिया प्लेटफर्मले कम्प्लायन्स अफिसर, नोडल सम्पर्क अधिकारी तथा आवासीय गुनासो सुन्ने अधिकारी नियुक्तिसहित अन्य नियमहरुको पालना गर्नुपर्ने बताइएको छ।

अतिरिक्त नियममध्ये ती नियुक्त गरिएका तिनै जना अधिकारीहरु भारतमा नै रहनुपर्ने पनि छ। ती अधिकारीहरुले अनिवार्य रुपमा महिना महिनामा कम्प्लायन्स रिपोर्ट तथा हटाइएका सामग्रीहरुको विवरण प्रकाशित गर्नुपर्नेछ।

यसअघि गएको बिहीबार सरकारले सोसल मिडिया तथा स्ट्रिमिङ कम्पनीहरुलाई नियन्त्र गर्ने कानूनलाई अझ कडा गरिने घाेषणा गरेको थियो। यसको उद्देश्य फेसबुक, व्हाट्सएप, ट्विटर तथा इन्स्टाग्राम जस्ता चर्चित सोशल मिडिया प्लेटफर्ममा राखिने कन्टेन्टहरुलाई अझ बढी जवाफदेही बनाउनु रहेको बताइएको छ।

प्रकाशित: १६ फाल्गुन २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार