काठमाडौं ।
छिमेक लघुवित्त वित्तीय संस्थाले इसेवा मार्फत किस्ता र बचत रकम तिर्न सक्ने सेवा सुरु गरेको छ ।
संस्थाले क्युआर कोड सहितको परिचय पत्र उपलब्ध गराई त्यसको प्रयोग गरी इसेवा मार्फत किस्ता र बचत रकम तिर्न सक्ने सेवा सुरु गरेको हो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त सेवाको सुरुवात गरे । प्रभावकारी ढङ्गबाट दूर दराजमा रहेका गाउँगाउँसम्म वित्तीय पहूँच पुर्याउनको लागि संस्थाले प्रविधि मैत्री घुम्ती सवारी साधन सञ्चालन ल्याएको छ ।
यस वित्तीय संस्था २०५८ साल देखि नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको ईजाजत पत्र प्राप्त गरी नेपालका ६७ वटा जिल्लामा १३७ वटा शाखा तथा ६० वटा डिजिटल प्वाईन्ट कार्यालयहरु मार्फत करिव ३ लाख ८० हजार भन्दा बढी विपन्न परिवारमा लघुवित्त सेवा पुर्याउँदै हाल नेपालको लघुवित्त क्षेत्रमा एक अग्रणी भूमिका निर्वाह गर्दै आईरहेको जनाएको छ।
प्रकाशित: १६ फाल्गुन २०७७, आईतवार