एप्पल र कियाको साझेदारी अझै कायमै, सन् २०२५ सम्ममा आउनसक्नेछ एप्पल कार

  • Technology Khabar | १६ फाल्गुन २०७७, आईतवार
एप्पल र कियाको साझेदारी अझै कायमै, सन् २०२५ सम्ममा आउनसक्नेछ एप्पल कार

काठमाडौं ।

केही समय अघि, हुन्डाई मोटरले आफ्नो सम्बद्ध कम्पनी किया मोटर्स र एप्पलबिच इलेक्ट्रिक बिजुली कार परियोजनाका लागि वार्ता नगरिएको बताएको थियो । त्यसअघि हुन्डाईले आफैंसँग सो विषयमा छलफल गरिएको सार्वजनिक गरेको थियो तर पछि त्यस भनाईलाई खारेज गरेको थियो ।

हालसालै एउटा दक्षिण कोरियाली समाचार साइटले एप्पलसँग कियाको साझेदारी अझै सम्भव छ भनेर दाबी गरेको छ। यो दावी गरिएको छ कि एप्पलसँगको वार्ता पूर्ण रूपमा रद्द गरिएको छैन।

दक्षिण कोरियाली समाचार साइट चोसुन बिजले आफ्नो रिपोर्टमा भनेको छ कि एप्पल र कियाले गत वर्ष एक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए, जसमा विद्युतीय सवारीसाधन सहित आठ क्षेत्रहरुमा साझेदारी गर्न सहमत भएका थिए।

उक्त रिपोर्टले स्रोतलाई उद्धृत गर्दै भन्यो, ‘विद्युतीय कारको लागि वार्ता रद्द भए पनि अन्य धेरै कुराकानीमा वार्ता जारी रहन सक्छ, त्यसैले हामी दुबै पक्षको साझेदारीको सम्भावनाप्रति आशावादी छौं।’ थप रूपमा, किया र एप्पलले ‘लास्ट माइल’ गतिशीलतामा साझेदारीको बारेमा छलफल गरिरहेका छन् जुन कियाको इलेक्ट्रिक स्कूटरमा जोडिएको छ।

सो रिपोर्टका अनुसार पहिलो एप्पल इलेक्ट्रिक कार हुन्डाईको इलेक्ट्रिक भेहिकल प्लेटफर्ममा आधारित भएर निर्माण गर्न सकिनेछ। प्रारम्भिक मोडेलहरूमा जनलर मोटर्स र युरोपियन निर्माता पिएसएका साथ मिलेर नयाँ गाडीहरु निर्माण हुन सक्नेछ।

बजार विश्लेषक मिङ्ग ची कुओले रिपोर्ट गरे अनुसार एप्पलले हालको सवारी निर्माता (हुंडई समूह, जनरल मोटर्स र पीएसए) सँग गहिरो साझेदारी गरेको छ। यी कम्पनीहरूसँग विकास, उत्पादन र योग्यताको ठूलो अनुभव छ। यस कारणले समेत एप्पल कार निकै कम समयमा तयार हुनेछ र यो समयमै बजारमा सार्वजनिक गर्न सकिनेछ। कुओ विश्वास गर्दछन् कि एप्पल कार बजारमा सन् २०२५ सम्ममा मात्र उपलब्ध हुनेछ। एजेन्सीहरुका साथ

प्रकाशित: १६ फाल्गुन २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...